1 year ago
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइएसटिएएफ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप ३७ औं थाई किङ्स कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको छ ।

थाइल्याण्डमा भदौ १६ देखि २३ गतेसम्म च्याम्पियनसिप आयोजना भएको थियो । नेपाल सेपाकताक्रो संघका कोषाध्यक्ष संगिन थापा मगरका अनुसार नेपाली टोलीले मिक्स इभेन्टमा स्वर्ण पदक जितेको हो ।
नेपालले यो इभेन्टमा सहभागी पाकिस्तान, बंगलादेश, चाइनिज ताइपेइ र श्रीलंकालाई पराजित गरेको थियो ।

होप ईभेन्टमा इरानले स्वर्ण, अमेरिकाले रजत तथा २ सय ३० स्कोर गरि नेपालले कास्य पदक जितेको छ ।
मेन्स क्विड ईभेन्टमा नेपालले कास्य पदक जित्न सफल भयो ।
मिक्स क्विड इभेन्टमा चाइनिज ताइपेईले स्वर्ण तथा बंगलादेशले रजत पदक जित्दा नेपालले भने कास्य पदक जितेको छ ।

रोशन तामाङको कप्तानीमा रहेको नेपाली टोलीमा चन्द्रा चौधरी, सुमित्रा डंगोल, दिपेशजंग थापा, पदमबहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ र उमेशबहादुर महतो छन् ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]