default_image

3 months ago

August 29, 2025

खोखो उत्कृष्ट, पलेशालाई पारा अवार्ड

450 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको अवसरमा आज खेलाडी, प्रशिक्षक, संघ, कर्मचारी तथा खेलकर्मीलाई सम्मान गरिएको छ।

पेरिस पारालिम्पिक्समा ऐतिहासिक कास्य जितेकी पलेशा गोवर्धनलाई पारा खेलाडी वर्ष पुरस्कार प्रदान गरिएको छ। पलेशालाई ५० हजार रुपैयाँ सहित सम्मान गरियो।

राष्ट्रिय खो-खो टोली महिला र पुरुष दुबै टोलीले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे। यसअघि उत्कृष्ट महिला र पुरुष खेलाडीको अवार्ड व्यक्तिगत रुपमा दिइएपनि यसपटक भने दुवैतर्फ टोलीलाई दिइएको छ।

दुबैलाई समान १ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी प्रदान गरियो । दुबै गत वर्ष भारतमा भएको प्रथम खो खो विश्व कप तथा नेपाल र भारतबीच भएको टेस्ट म्याचमा रजत जितेका थियो।

राष्ट्रिय महिला यु-१९ टिमकी कप्तान तथा राष्ट्रिय महिला राष्ट्रिय टोलीकी उपकप्तान पूजा महतोलाई जुनियर महिला खेलाडीको पुरस्कार प्रदान गरिएको छ। पूजाको नेतृत्वमा नेपाली यु-१९ टोली पहिलो पटक विश्व कपमा पुगेको थियो।

पूजाले विश्वकप एसियाली छनोटमा २ सय ७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् । सोही छनोटमा उनी ‘प्लेयर अफ द सिरिज’ हुन सफल भएकी थिइन् । नेपाल र मलेसियाबीचको यु-१९ टि ट्वान्टी विश्वकपमा ‘प्लेयर अफ द म्याच’ बनेकी थिइन्।

पुरुषतर्फ बक्सिङका अर्पिल राना उत्कृष्ट जुनियर खेलाडी बने। अर्पिलले थाइल्यानडमा भएको एसियाली यु-२२ युथ बक्सिङ तथा श्रीलंकामा भएको एसियाली बक्सिङ यु-१९ मा कांस्य जितेका थिए। दुवैजनालाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ।

राखेपले नेपाल क्रिकेट संघ (क्यान) लाई उत्कृष्ट संघको पुरस्कार प्रदान गरेको छ। क्यान वर्षभरि नै चलायमान रहयो। नेपाल प्रिमियर लिग आयोजना गरेर उदाहरणीय संघ बन्यो। साथै अन्तराष्ट्रिय सहभागीता र सफलतामा पनि क्यानको भूमिका महत्वपुर्ण रह्यो।

उत्कृष्ट स्थानिय तहको पुरस्कार बागमती गाउँपालिका र नेपाल इन्टरनेसनल इभेन्ट म्यानेजमेन्टले प्रायोजकको पुरस्कार प्राप्त गरे। उत्कृष्ट खेलकुद पत्रकारको पुरुषमा खेलाडी डट कमका अञ्जन खड्का र महिलामा मेरो खेल डट कमकी लक्ष्मी शाक्य जनही २० हजार रुपैयाँले सम्मानित भए।

कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट परिषद्को सचिवालयका नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल (प्रशासन) तथा दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भए । दुवैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।

उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा संघ संस्था समन्वय शाखाकी नायब वरिष्ठ प्रशासकीय अधिकृत प्रभा कर्माचार्य र प्रशिक्षणमा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द वज्राचार्य जनही १५ हजार रुपैयाँ सहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ र प्रशिक्षणमा तालिम तथा प्रशिक्षण विभागकी नायब वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित भए ।

करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक कराते प्रशिक्षकद्वय संघरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी सहायक द्वितीय दीपिका केसी र प्रशासन विभागका कार्यालय सहयोगी दुर्गा थापा पुरस्कृत भए । परिषद् र करार सेवाका पुरस्कृतले जनही १० हजार रुपैयाँ प्राप्त गरे।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मान गरेका थिए। पूर्व निर्धारित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने भने पनि उनी आएनन् ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.