10 years ago
October 1, 2015
काठमाडौं, असोज १४ – नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचित कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको छ । दोस्रो प्रयासमा अघिल्लो महिना एनओसीको निर्वाचन सम्पन्न भएको थियो ।
अघिल्लो कार्यकालका महासचिव जीवनराम श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित भएको थियो । निवर्तमान अध्यक्ष ध्रुवबहादुर प्रधानले नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ लगायत १७ सदस्यीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पदभार हस्तान्तरण गरे ।
अध्यक्ष श्रेष्ठले एनओसीका पछिल्ला बर्षहरु कठिन रहेको उल्लेख गर्दै आगामी दिन नेपाली खेलकुदको समग्र विकासमा लाग्ने बताए । उनले निर्वतमान अध्यक्ष प्रधानको कुशल नेतृत्वमा एनओसी आन्दोलन नेपालमा क्रियासिल भएको चर्चा गरे ।
प्रधानले बाहिर रहेपनि समितिलाई पुरा साथ दिने वचन दिदै भने ,‘ चार वर्षसम्मका लागि यही कमिटीमात्र आधिकारिक हो ।’ सो अवसरमा वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडित खेलाडी, प्रशिक्षक, खेल पत्रकार र खेलकर्मी गरि ६८ जनालाई जनही ४० हजार रुपैयाँ रुपैया राहत स्वरुप प्रदान गरिएको थियो ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]