10 years ago
December 8, 2015
काठमाडौं, मंसिर २२ गते ।
‘अन्तर्राष्ट्रिय हाइ अल्टिच्युट स्पोर्टस् टेनिङ सेन्टर’ निर्माणार्थ आयोजित अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सेन्टर निर्माण कार्यलाई परिषद्ले आफ्नै कार्यक्रम मनेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
फ्रेन्डसिप युथ क्लबको संयोजनमा सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिद्वारा चौरीखर्क गाविसको लुक्लामा आयोजित अन्तरक्रियमा सदस्य–सचिव विष्टले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘सेन्टर बनाउनका लागि परिषद्मा सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिबाट निवेदन आओस् । त्यसैलाई आधार बनाएर हामी आफ्नै कार्यक्रम मानेर निर्माण कार्यलाई अगाडि बढाउने छौं ।’ सदस्य–सचिव विष्टले भने ।
सदस्य–सचिव विष्टको उपस्थितिमा मंगलबारै जिल्लाका सांसदद्वय बलबहादुर केसी र गोपाल गिरी, स्थानियबीच भएको छलफलमा स्थानिवासीले सहुलियत मुल्यमा आवश्यक जग्गा उपलब्ध गराउन सहमति जनाएका छन् । चौलीखर्क गाविसको बममा रहेको जग्गा उपलब्ध गराउने सहमति भएको हो ।
सहमति अनुसार सोलु जिखेविसले सेन्टर निर्माणका लागि पत्र पठाएपछि त्यसैको आधारमा परिषद्को बोर्ड बैठकमा सेन्टर लुक्लाको बममा बनाउने निर्णय गरिने सदस्य–सचिव विष्टले प्रतिबद्धता व्यक्त गरे । सांसद् केसीको नेतृत्वमा गठित समितिले सोलु जिखेविसको स्वामित्वमा रहने गरी जग्गा खरिद गर्नेछ । त्यही जग्गामा परिषद्ले सेन्टर निर्माण प्रक्रियालाई अगाडि बढाउने छ ।
सेन्टर निर्माणका लागि परिषद्ले २ वर्ष अगाडि राखेपका सदस्य शिव बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले जोमसोम, जिरी र लुक्लामा अध्ययन गरेपछि लुक्लाको बममा सेन्टर निर्माण गर्न उपयुक्त हुने ठहर गरेको थियो ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]