default_image

8 years ago

October 11, 2017

खेलकुद विकासमा सहकार्यका लागि राजदुत अधिकारीले पहल गर्ने

203 views

0 Bookmark

इस्लामावाद (हाम्रो खेलकुद) – पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारीले एआइपिएस एसियाका नवनिर्वाचित कोषाध्यक्ष निरञ्जन राजवंशीलाई बधाई दिदै यो सफलता एसिया मुलुकमा नेपालको नाम उचो पारेको बताएकी छिन् । गत साता इस्लामावादमा सम्पन्न एआइपिएस एसियाको विशेष साधारण सभाबाट राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारीका साथ एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजंवशी (बायाँ) र नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना (दायाँ) ।

इस्लामावादस्थित दुतावासमा राजदुत अधिकारीले आज राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना र पाकिस्तान स्पोर्टस् राइर्टस् फेडेरेसन (पिएसडब्लूएफ) का महासचिव जाहित फारुक मलिकलाई संयुक्त रुपमा भेट गरेकी थिइन् । राजदुत अधिकारीले नेपालको दाँजोमा पाकिस्तान खेलकुदमा निकै अगाडि रहेकोले पाकिस्तानबाट लिन सक्ने सहयोगका लागि आफुले पहल गर्ने बताइन् ।

अर्को महिना स्वदेश फर्केपछि नेपाली क्रिकेट टोली कप्तान पारस खड्का र क्रिकेटसँग सरोकार राख्नेहरुसँग छलफल गर्ने र त्यसको आधारमा पाकिस्तान क्रिकेट बोर्डसँग प्रस्ताव लाने भेटका क्रममा बताइन् । नेपाल र पाकिस्तानबीच खेलकुदमार्फत थप सम्बन्ध स्थापित गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै राजदुत अधिकारीले नेपाली खेलकुद पत्रकारलाई त्यसतर्फ कलम चलाउन आग्रह गरेकी छिन् । राजदुत अधिकारी पाकिस्तानसँग क्रिकेट, हक्की, स्क्वास र स्कीको विकासमा सहकार्यको सम्भावना रहेको औल्याइन् ।

‘यहाँको खेलकुद निकै सम्बृद्ध र विकसित छ । यहाँबाट हामीले सिक्न सक्ने थुप्रै विषय छन् ’ उनले भनिन्,‘ यहाँबाट खेलाडी पठाउने र नेपालबाट यहाँ खेलाडी झिकाएर मैत्रीपूर्ण खेल आयोजनाका लागि पनि मेरो पहल रहनेछ ।’ उनले खेलकुदसँगै पयर्टनमा पनि पाकिस्तानसँग सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आफुले त्यसका लागि पहल गर्ने बताइन् ।

पिएसडब्लूएफका महासचिव मलिकले नेपाली खेलकुद विकासमा पाकिस्तानले गर्न सक्ने सहयोग उपलब्ध गराउन आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने वचन राजदुत अधिकारीलाई दिए । आजै राजवंशी र तिमल्सिनाले पाकिस्तानका खेलकुद मन्त्री रियाज हुसेन पिरजादालाई भेट गरेको थिए। मन्त्री रियाजले भेटका क्रममा सानै देखि नेपाल जाने आफ्नो चाहना रहेको सुनाए । उनले भविष्यमा नेपालको भ्रमण गर्ने पनि बताए ।

पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारीका साथ एआइपिएस कोषाध्यक्ष निरञ्जन राजंवशी ।

भेटका क्रममा बायाँबाट क्रमश: पिएसडब्लूएफका महासचिव फारुक मलिक, एनआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी, पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारी, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना र दुतावासका अटैची प्रशान्त ठाकुर ।

भेटका क्रममा बायाँबाट क्रमश – एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन रावंवशी, पाकिस्तानका खेलकुद मन्त्री रियाज हुसेन पिरजादा, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना र पिएसडब्लूएफका महासचिव फारुक मलिक ।

 

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.