default_image

10 years ago

January 6, 2016

राष्ट्रिय ओलम्पिक कमिटिलाई सर्वोच्च अदालतको मान्यता

204 views

0 Bookmark

सर्बोच्च अदालतले नेपाल ओलम्पिक कमिटीकको एक मुद्धामा फैसला भएको छ ।  नेपाल ओलम्पिक कमिटीका तत्कालिन अध्यक्ष धु्रव बहादुर प्रधान तथा तत्कालीन महासचिव जीवनराम श्रेष्ठलाई विपक्षी वनाई निजहरुले नेपाल ओलम्पिक कमिटीको नाउामा काम कारवाही गरी सर्वोच्च अदालतबाट रुक्म शम्शेर राणाको नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटीलाई दिएको मान्यतालाई अपहेलना गरेको भनी राष्ट्रिय खेलकूद परिषदका तत्कालिन सदस्य–सचिव युवराज लामाले अदालतको अवहेलनामा मुद्दा दायर गरेको थियो ।

Nepal Olympic Commitee
उक्त मुद्दामा मिति २०७२/०९/२१ गते अन्तिम फैसला गर्दै सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश कल्याण श्रेष्ठ तथा माननीय न्यायाधिश चोलेन्द्र शम्शेर राणाको संयुक्त इजलासबाट अदालतको अवहेलना नठहर्ने फैसला भएको छ ।

यसै लगाउमा रहेको अर्को रिट निवेदनमा युवराज लामाले दायर गरेको रिट निवेदन खारेज भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा दर्ता भएको राष्ट्रिय ओलम्पिक कमिटीको दर्ता खारेज गरी पाउा भनी दायर भएको रिट निवेदन खारेज भई राष्ट्रिय ओलम्पिक कमिटीलाई सर्वोच्च अदालतबाट मान्यता प्राप्त भएको छ । उक्त दुवै मुद्दाहरुमा राष्ट्रिय ओलम्पिक कमिटि, धु्रव बहादुर प्रधान तथा जीवनराम श्रेष्ठ समेतको तर्फबाट अधिबक्ता ओम थपलियाले बहस गरेको थियो ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.