default_image

8 years ago

February 12, 2018

जोशीलाई मरणोपरान्त ‘गजराज स्मृति आदर्श खेलाडी’ सम्मान

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले भारोत्तोलनका सर्वाधिक सफल ओलम्पियन खेलाडी स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त ‘गजराज स्मृति आदर्श खेलाडी’ बाट सम्मानित गरेको छ ।

एनएनआइपिएले सोमबार स्वर्गीय गजराज जोशीको जन्मस्थान टोखामा एक कार्यक्रमको आयोजना गर्दै नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्न सफल भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक जोशीलाई मरणोपरान्त नगद २५ हजार र कदरपत्रले सम्मानित गरेको हो ।

जोशीको सम्मान उनका धर्मपत्नी रेखा जोशीले ग्रहण गरिन् । एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ, निवर्तमान अध्यक्ष दीपक विष्ट, सह–महासचिव मण्डेकाजी श्रेष्ठ र एनएनआइपिएका संस्थापक अध्यक्ष राजेश्वरमान स्थापितले सम्मानित गरे ।

सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको २६ औं ओलम्पियकमा भाग लिएका जोशीले त्यसपछि इराकमा भएको प्रतियोगितामा तीन पदक जितेका थिए । २०४१ मा काठमाडौंमा आयोजित पहिलो दक्षिण एसियाली खेलकुद (साग) बाट सहभागिता जनाएका जोशीले पहिलो सहभागितामै रजत पदक जितेका थिए ।

सातौ सागसम्म आइपुग्दा जोशीले देशका लागि ६ रजत र ११ कास्य पदक जितेका थिए । त्यो नेपाली खेलकुदमा सागमा कुनै पनि खेलाडीले जितेको सर्वाधिक पदक हो । नेपाल भारोत्तोलन संघका उपाध्यक्ष समेत रहेका जोशीले खेल जीवन पश्चात २०५२ साल असोज १ गतेबाट प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)मा आबद्ध भएका थिए ।

उनी २०६३ पुस २१ गतेबाट वरिष्ठ भारोत्तोलन प्रशिक्षकमा बढुवा भएका थिए । जोशीको ५३ वर्षको उमेरमा गत असार ११ गते हृदयघातका कारण निधन भएको थियो ।

यस्तै यसै वर्षबाट शुरु गरेको एनएनआइपिए पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार श्याम चित्रकार सम्मानित भएको छ । उनले १५ हजार रुपैया प्राप्त गरे । चित्रकार करिव ४ दशकले देखि खेलकुद फोटो पत्रकारका रुपमा सक्रिय छन् । यस्तै एनएनआइपिएले गत वर्ष पूर्वाञ्चालमा आयोजना भएको सबै ३५ खेलका उत्कृष्ट खेलाडीलाई सम्मानित गरेको छ ।

सम्मानित हुने खेलाडीहरुमा फुटबलका किरण चेम्जोङ र क्रिकेटका कप्तान पारस खड्का रहे । अवार्ड कार्यक्रममा किरण र पारस भने उपस्थित थिएनन् । कप्तान पारस आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को खेलका लागि नामिवियामा रहेका छन् । भने नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ भारतीय आइलिग क्लब मिनेर्वा पञ्जावबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

यस्तै भलिबलकी प्रतिभा माली, जुडोकी फुपूल्हामु खत्री, पौडीका शिरिष गुरुङ, ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सकी कान्छीमाया कोजु, उसुकी निमा घर्तीमगर, बास्केटबलका सतिश प्रधान, लन टेनिसकी मायांका राणा, तेक्वान्दोकी रेजिना कार्की र गल्फका शुक्रबहादुर राई वर्ष २०७३ को उत्कृष्ट खेलाडी घोषित भए ।

करातेकी परशुराम बास्तोला, टेवल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी अस्मिता राई, बक्सिङका सुशिल थापा, भारोत्तोलनका दिनेश श्रेष्ठ, जिम्न्याष्टिकका राजु राईं, ह्याण्डबलकी उमा राई, सफ्ट टेनिसका प्रदिप खत्री, स्क्वासका अरहान्तर केशर सिंह, फेन्सिङका सन्दीप लामा, शारीरिक सुगठनका महेश्वर महर्जन, स्नुकर एन्ड बिलियार्डका दीपक मगर, आइटिएफ तेक्वान्दोकी तुलसा राजथला, सेपाकताक्रोका अनिल गुरुङ, खोखोकी दिल कुमारी तामाङ र आर्चरीका प्रेमप्रसाद पुन उत्कृष्ट घोषित भए ।

ट्रायथलनका बसन्त थारु, कबड्डीका विजय कुमार चन्द, साइक्लिङका राजेश मगर हक्कीका प्रदीप राजवंशी, चेसका मदनकृष्ण कायस्थ, फुल कन्ट्याक्ट करातेकी सुष्मी श्रेष्ठ र कुस्तीका सरोज यादव उत्कृष्ट खेलाडी घोषित भए । सबै ३५ खेलका उत्कृष्ट खेलाडीहरुले जनही १०÷१० हजार रुपैया प्राप्त गरे ।

उत्कृष्ट खेलाडीहरुलाई राखेप उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ, निर्वतमान अध्यक्ष दीपक विष्ट, संस्थापक अध्यक्ष राजेश्वरमान स्थापित, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य लगायतले अवार्ड वितरण गरे ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.