default_image

8 years ago

March 1, 2018

पोखरामा रिङ रेस्लिङ शुक्रबार

173 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरामा शुक्रबार अन्तर्राष्ट्रिय रेस्लर भिड्ने भएका छन । रिङ रेस्लिङ एशोसियसन अफ नेपालले पोखरेली दर्शकलाई मध्येनजर गर्दै पोखरामा यो खेलको आयोजना गरेको हो । पोखरा रंगशाला भित्र नव निर्मित बहुउद्धेश्यिय कभर्डहलमा पहिलो पटक यो खेल आयोजना हुने रेस्लिङ साँझ ५ बजे सुरु हुने बताइएको छ । पोखरामा एकै थलोमा झन्डै ५ हजार दर्शकले खेल प्रत्यक्ष हेर्ने आयोजकले जनाएको छ ।

‘नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेज र पोखरालाई खेलकुद मार्फत पर्यटन प्रवद्र्धनका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागेको’ संघकी अध्यक्ष सुनिता थापाले बताएकी छन् । ‘यो खेल पोखरामा आयोजना गर्न पाउँदा हामी मात्र उत्साही होइन सहभागिताका लागि आएका विदेशी खेलाडी पनि उत्साही भएका छन्’ संघकी महासचिव सुर्वण श्रेष्ठले भनिन्, ‘यहाँको खेल सुहाँउदो मौसमले पनि विदेशी खेलाडी उत्साही भएको हुनु पर्छ । पोखरेलीहरुलाई आफ्नो खेल देखाउन उनीहरु आतुर छन् ।’

विदेशी सहित यो खेलमा नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्ने छन् भने अन्तर्रा्ष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताइएको छ ।

महासचिव श्रेष्ठले यो खेलमा रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने बताएकी छन् । अन्तर्रा्ष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले संचालन गर्ने छन् । खेलमा आवश्यक अत्याधुनिक लाइटिङको व्यवस्था र खेल खेल्ने रिङले पनि दर्शकको मन तान्ने आयोजकले दाबी रहेको छ ।

यो रिङ अन्तर्राष्टिय स्तरको को यो रिङमा खेलाडी उत्रिन संधै उत्साही हुन्छन्, यसको लाइटिङको व्यवस्था पनि उच्च स्तरको रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकनका लागि १ हजार, ५ सय ३ सय टिकट शुल्क तोकिएको छ । खेलका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद विकास समितीले पनि सघाएको छ । रिङ रेस्लिङको डिस होमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.