8 years ago
March 8, 2018
काठमाडौ (हाम्रो खेलकुद)– पाकिस्तानको फैसलावादमा आयोजना हुने आइएचएफ ट्रफीमा भाग लिन नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय ह्याण्डवल महासंघको पुरुष युवा लक्षित कार्यक्रम अन्र्तगत यही मार्च १० देखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालीको दुई टोली यू १९ र यू २१ ले प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीलाई आज नेपाल ओलोम्पिक कमिटी (एनओसी) ले विदाई गरेको छ । प्रतिनिधि सभाका तथा एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठले विदाई गरे । नेपाली टोलीको नेतृत्व नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम एनओसीका सदस्य तेज बहादुर गुरुङले गरेका छन् ।
नेपाली टोलीमा खेलाडी, प्रशिक्षक र टिमको व्यवस्थापक गरि ४१ जना छन् । प्रतियोगितामा पाकिस्तान, नेपाल, भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स, ओमन, अफगानिस्तान, भुटानको सहभागिता रहनेछ ह्यान्डबल संघले जनाएको छ । नेपाली टोली एक साता पाकिस्तानमा रहने संघका सचिव केशव पाठकले जानकारी दिए ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]