default_image

6 years ago

November 17, 2019

सागमा नेपालका संचार माध्यममाथि ‘अंकुश’

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई पटक आयोजना मिति स्थगन र पूर्वाधार निर्माणको अन्योलका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको संघारमा आइपुगेको छ । यसैमा सम्बन्धित रहेर आयोजकले लगातार कार्यक्रम गरेर साग हुने छनक देखाइसकेको छ । लामो संघर्षपछि तय भएको सागको आइतबार भएको कार्यक्रमले भने अर्को विवाद सिर्जना गरेको छ । ७ राष्ट्रको सहभागितामा साग मंसिर १५ देखि २४ गते सम्म आयोजना हुँदैछ ।

शनिबार मात्र सागको १५ दिने काउन्ट डाउन सुरु गरेको आयोजक समितिले आइतबार एतिहासक भन्दै एउटा सम्झौता गर्यो । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) सँग सहकार्य गर्दै आयोजक नेपालले १३ औं सागको प्रशारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चर (नक्षत्र न्युज) लाई बेचेको छ । प्रशारण अधिकार वापत कम्पनीले आयोजक नेपाललाई ८ करोड रुपैयाँ दिनेछ ।

देशकै विभिन्न सञ्चार माध्यमसंग छलफल गरेपनि नेपालका टेलिभिजनसँग सबै खेलको प्रत्यक्ष प्रशारण गर्ने क्षमता नभएपछि भारतीय कम्पनीलाई प्रशारण अधिकार बच्नु परेको सम्झौता कार्यक्रममा राखेप सदस्य राष्ट्रिय खेलकुद परिषद (राखेप) बचेचिएको सदस्यसचिव रमेशकुमार सिलवालले बताए । यो सम्झौताले विश्व खेलकुदमा फस्टाएको प्रशारण अधिकार सागमा समेत भित्रिएको छ । यसले सागको लोकप्रियता अझै बढ्ने अनुमान गरिएको छ । करिब २ सय क्यामेरा प्रयोग हुने र प्रशारणको गुणस्तर पनि अन्तराष्ट्रिय स्तरको हुने दाबी गरिएको छ । सागका सबै २७ वटै खेलको प्रत्यक्ष प्रशारण हुन बताइएको छ । त्यसका लागि एनके मिडियाले नेपालको सरकारी संस्था नेपाल टेलिभिजनसँग सहकार्य गर्ने बताइएको छ ।

तर, यति महत्वपुर्ण सम्झौताका केही प्रावधानले आइतबारको सम्झौतालाई खल्लो र विवादित बनाउने काम गरेको छ । सम्झौता अनुसार आयोजक संस्थाका आधिकारिक फोटोग्राफर बाहेक अन्य कुनै फोटोग्राफरले फोटो खिच्न पाउने छैनन् । भिडियो खिच्न प्रतिबन्ध नै लगाईएको छ । मोबाइल त प्रयोग नै गर्न नपाइने उल्लेख छ । टेलिभिजनका लागि फुटेज, पत्रपत्रिका र अनलाइनका लागि फोटोहरु सागको मिडिया सेन्टरबाटै दिने व्यवस्था गरिएको सम्झौतामा उल्लेख छ । यसको अर्थ साग जस्तो क्षेत्रिय कुम्भ मेला सागमा नेपालका भिडियो तथा फोटोग्राफरको कुनै अर्थ रहनेछैन ।

सम्झौता कार्यक्रममा सागको रिपोर्टिङ गर्ने तयारीमा रहेका पत्रकार र साग आयोजकबीच चर्काचर्की नै परेको थियो । भिडियोको हकमा पत्रकारहरु केही लचक भएपनि फोटोको हकमा बने पत्रकारले चरम असन्तुष्टि नै जनाए । ठुला प्रतियोगिताहरुमा २ देखि ३ मिनेटसम्को भिडियो फुटेज दिने चलन छ । तर, फोटोलाई अहिलेसम्म कही कतै रोकेको छैन । २० वर्षपछि स्वदेशमा लागेको सागमा फोटो खिच्न नपाउने भन्ने हुन्छ ? ‘कही नभएको जात्रा हाडी गाँउमा उर्फ हाम्रै नेपालमा’ भन्दै पत्रकारहरुले चर्को असन्तुष्टि पोखेका छन्, पोखिरहनेछन् ।
विश्व खेलकुदका जतिसुकै ठूला प्रतियोगितामा पनि फोटोमाथि कतै बन्देज लागेको छैन । भिडियोको पक्षमा भने अधिकारिक संस्थाले मात्र प्रत्यक्ष प्रसारण गर्न पाउने अधिकार रहन्छ । यसबाहेक आयोजकले अन्य संस्थाको लागि केहि समय सबै संस्थाका लागि खिच्न पाउने गरि खुला गरेको हुन्छ । त्यसो नगरेको अवस्थामा आयोजकले नै केहि समयको भिडियो उपलब्ध गराउने प्रावधान रहेको छ । तर नेपालमा बाहेक मिडियाले नै यसरी आयोजकले दिएको सामाग्री प्रयोग गर्नु पर्दा घरेलु मैदान हुँदाको औचित्य नरहने पत्रकारहरुको गुनासो रहनु जाजय छ ।

सम्झौता बारे सदस्य सचिव सिलवालले भारतीय संस्थाको मागका कारण यस्तो कदम चालेको बताए । ‘एनके मिडिया भेन्चरको आपत्ति भिडियोमा हो । फोटो खिच्नेले भिडियो खिच्दैन भनेर ग्यारेन्टी दिन सक्नु हुन्छ र ?’ फोटो पत्रकारले भिडियो खिच्दैन भनेर ग्यारेन्टी दिन सक्ने भए अफिसियल बाहेकका मिडियाका पत्रकारलाई समेत फोटो खिच्न दिने भन्दै सिलवाल पन्छिए । लगत्तै  खिच्न दिएपनि ग्यारेन्टी पत्रकारले दिने कि राज्यले अनुगमन गर्ने ?’ भन्ने पत्रकारको प्रतिप्रश्नमा उनी झुके ।

पत्रकारले चर्को असन्तुष्टि जनाएपछि सिलवालले यस बिषयलाई थप छलफल गरेर समाधान गरिने मध्यमार्गी प्रस्ताव अघि सारेपछि सम्मेलन अन्त्य भएको थियो । कार्यक्रम सक्किएलगत्तै खेलकुद पत्रकारहरुमाझ राखेपको यो कदमले नकारात्मक टिप्पणी पाइएको छ । घरेलु भूमिमा हुने सागमा नेपाली मिडियाको भूमिकालाई शून्य बनाउने कदमप्रति धेरै खेलकर्मीले आश्चर्य प्रकट गरेका छन् ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.