3 years ago
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदमा दोस्रो स्वर्णपदक जितेकी छिन् ।

पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा सोमबार भएको महिला १ सय मिटर हडल्समा स्वर्ण जित्दै उनले नवौंमा आफ्नो स्वर्ण संख्या २ पुर्याएकी हुन् ।
यसअघि उनले ४ सय मिटर हडल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । जयरानीले आफ्नै कीर्तिमान भंग गर्दै १ मिनेट ०४ः१३ सेकेन्ड (ह्यान्ड टाइमिङ) को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
झण्डै ४ महिनामा नै उनले आफ्नो कीर्तिमान भंग गरेकी हुन् । काठमाडौंमा असारमा उनले १ मिनेट ०७.२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

हिटमा राष्ट्रिय कीर्तिमान बनाएकी जयरानीले फाइनलमा भने निर्धारित दुरी १५ः६९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन् । उनले हिटमा १५ः१६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
उनले यसअघि उनले गत असारमा १५ः२० सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । आर्मीकी निर्मला थापाले १६ः२५ सेकेन्डसहित रजत जित्दा एपिएफकी भागरथी कुमारी थारुले १९ः१३ सेकेन्डसहित कास्य जितिन् ।
पुरुषतर्फ ११० मिटर हडल्समा आर्मीका जीवन चौधरीले १५ः०३ सेकेन्डसहित स्वर्ण जिते । १५ः८१ सेकेन्डको समय निकाल्दै पुलिसका चन्द्रदेव जोशीले रजत तथा आर्मीका रामप्रसाद थारुले १९ः०० सेकेन्डसहित कास्य जिते ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]