9 years ago
December 24, 2016
विराटनगर (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुद अन्र्तगत एथलेटिक्सको महिला सटपुटमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सुनसरीको इटहरी रंगशालामा शनिबार भएको महिला स्पर्धातर्फको सटपुटमा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले आफ्नै नाममा रहेको कीर्तिमान भङ गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

चन्द्रकलाले ११ दशमल ५६ मिटर दुरी थ्रो फाल्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि चन्द्रकलाको नाममा ११ दशमलब ४ मिटरको कीर्तिमान थियो । राष्ट्रिय कीर्तिमान बनाउनेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २५ हजार रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ ।
यसरी राष्ट्रिय कीर्तिमानमा नगदबाट पुरस्कृत गर्न लागिएको पहिलो पटक हो । यस्तै नेपाल आर्मीकी अमृता महतोले १० दशमलब १२ मिटर थ्रो फाल्दै रजत पदक जितिन भने नेपाल प्रहरीकी बसन्ती चौधरीले ९ दशमलब ७५ मिटर थ्रो फाल्दै कास्य हात पारिन् ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]