दिपेन्द्र पोखरेल
विराटनगर – एपिएफकी कान्छीमाया कोजुले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । इटहरी रंगशालामा आइतबार १८ मिनेट १३.४० सेकेन्डमा दौड पुरा गर्दै उनीले पहिलो स्थान हासिल गरेकी हुन् ।

कान्छीमाया कोजु -फाइल फोटो
रजत जितेकी आर्मीकी सानुमाया कार्कीले निर्धारित दुरी १८ मिनेट ३३ दशमलब ३४ सेकेन्डमा गरेकी हुन् । छैटौ राष्ट्रिय खेलकुदमा स्वर्ण बिजेता आर्मीकी बिश्व रुपा बुढाले निर्धारित दुरी १८ मिनेट ३७ दशमलब ०४ सेकेन्डमा पुरा गर्दै कास्य जितिन् । ५ हजार मिटर दौड पुरुषमा एपिएफकी गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।