default_image

9 years ago

December 25, 2016

एपिएफका गोपीचन्द्रलाई ५ हजार मिटरमा स्वर्ण

189 views

0 Bookmark

सातौं राष्ट्रिय खेलकुद
दिपेन्द्र पोखरेल
विराटनगर – एपिएफका गोपीचन्द्र कार्कीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार थलेटिक्सको ५ हजार मिटर दौडमा पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । इटहरी रंगशालामा गोपीचन्द्रले १५ मिनेट २६.१० सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण जितेका पदक जितेका हुन् । 

gopi

एपिएफका गोपीचन्द्र पार्की – फाइल फोटो

गोपीले त्रिभुवन आर्र्मीका हरिकुमार रिमालाई पछि पार्दै पहिलो स्थान प्राप्त गरेका थिए । फागुनमा भारतमा सम्पन्न १२ औ दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जितेका हरिले राष्ट्रिय खेलकुदमा रजत पदकमा चित्त बुझाउनुपर्यो । हरिले १५ मिनेट २६.६० सेकेन्डमा दुरी पुरा गरेका थिए ।

भूमिराज राईले १५ मिनेट ३०.४० सेकेन्डमा पुरा गर्दै कास्य पदक जिते । महिलातर्फको ५ हजार मिटर दौड एपिएफकी कान्छीमाया कोजुले जितेकी छिन् ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.