दिपेन्द्र पोखरेल
इटहरी – नेपाली सेनाका विशेष महतोले १ सय १० मिटर हर्डल्समा स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार विशेषले १५.९ सेकेन्डमा दुरी पुरा गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।
इटहरी रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीकै रामप्रसाद चौधरीले रजत र नेपाल पुलिसका चन्द्रदेव जोशीले कास्य पदक जितेका छन् । रामले १६.०६ सेकेन्ड र चन्द्रदेवले १७.५ सेकेन्डमा १ सय १० मिटर हर्डल्स पुरा गरेका थिए ।