दिपेन्द्र पोखरेल
इटहरी – नेपाल पुलिसकी केशरी चौधरीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार एथलेटिक्सको महिला लङजम्पमा स्वर्ण पदक जितेकी छिन् । केशरीले ५.०५ मिटर नाघ्दै स्वर्ण पदक जितेकी हुन् ।

केशरी चौधरी- फाइल फोटो
सेनाकी कृष्णा चौधरीले रजत र एपिएफकी शिला चौधरीले कास्य पदक जितिन् । कृण्णा चौधारीले ४.९४ मिटर र शिलाले ४.८४ मिटर पार गरेकी थिइन् ।