सातौं राष्ट्रिय खेलकुद
इटहरी (हाम्रो खेलकुद) – एपिएफकी सविता चौधरीले महिला १ सय मिटर हर्डल्समा स्वर्ण पदक जितेकी छिन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार सविताले १६.९५ सेकेन्ड हर्डल्स पार गर्दै स्वर्ण पदक जितेकी हुन् ।
प्रमिला थारुकी रजत र लङजम्पमा स्वर्ण जितेकी नेपाल पुलिसकी केशरी चौधरीले कास्य पदक हात पारिन् । प्रमिलाले १७ सेकेन्ड र केशरीले १७.१० सेकेन्ड हडल्स पार गरेकी हुन् ।