दिपेन्द्र पोखरेल
इटहरी – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको तेस्रो दिन आइतबार विभिन्न खेल सम्पन्न भएका छन् । इटहरी रगंशालामा भएको एथलेटिक्स खेलका प्रतिस्पर्धा धेरैको नजरमा रह्यो । नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले दोस्रो दिन ज्याभलिङ थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । अघिल्लो दिन शनिबार उनले सटपुटमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
इटहरी रंगशालामा एथलेटिक्सका केही प्रतिस्पर्धा तस्बिरमा ।

पुरुष ११० मिटर हर्डल्सको फिनिसिङस लाइनतर्फ अघि बढ्दै सेनाका विशेष महतो । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार विशेषले १५.९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक जितेका थिए ।

सातौ राष्ट्रिय खेलकुदमा ज्याभलिङ थ्रोमा पुलिसकी चन्द्रकला लामकादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । उनले शनिबार सटपुटमा पनि राष्ट्रिय किर्तिमान बनाएकी थिइन् ।

पुरुष ५ हजार मिटर दौडमा फिनिसिङ लाइनमा एपिएफका गोपीचन्द्र पार्की । इटहरी रंगशालामा गोपीचन्द्रले १५ मिनेट २६.१० सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण पदक जितेका थिए ।

सेल्फी लिदै खेलाडी ।

महिला १०० मिटर हर्डल्समा प्रतिस्पर्धा गर्दै खेलाडी ।

एपिएफकी कान्छीमाया कोजु ५ हजार मिटर मिटर दौडमा फिनिसिङ लाइन पार गर्दै । १८ मिनेट १३. ४० सेकेन्डमा दौड पुरा गर्दै उनीले स्वर्ण पदक जितेकी थिइन् ।