default_image

3 years ago

December 4, 2022

धारा नेपालगन्ज म्याराथनसँग सिद्धार्थ बैंकको सहकार्य

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता हुने आठौं धारा नेपालगन्ज म्याराथनको अफिसियल बैंकिङ पार्टनरका रुपमा सिद्धार्थ बैंक आबद्ध भएको छ । ‘सम्बन्ध सधैंभरिलाई’ मुल नारा रहेको सिद्धार्थ बैंकका देशभर १ सय ९३ सेवाप्रदायक सञ्जाल रहेको बताइएको छ । नेपालगन्ज म्याराथन शनिबार आयोजना हुँदैछ ।

बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका सिओओ सौगातविक्रम शाहले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि नेपालगन्ज म्याराथनसम्बन्धी सम्पुर्ण आर्थिक कारोबार सिद्धार्थ बैंकबाट गरिने बताइउको छ ।

गौतम बुद्धको जन्मथलो लुम्बिनीकै परिचयका रुपमा स्थापित नेपालगन्ज म्याराथनसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उपप्रदेश प्रमुख गड्तौलाले बताए । क्रियटिभ गन्जका सिओओ शाहले सिद्धार्थ बैंकसँगको सहकार्यले अन्य नीजि क्षेत्रलाई पनि प्रोत्साहित गर्ने आशा व्यक्त गरे ।

विश्व म्याराथनको नियमनकारी निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट रुट प्रमाणीकरण तथा पूर्णकालीन सदस्यता प्राप्तिपछि हुन लागको आठौं संस्करणमा विदेशी धावकको समेत सहभागिता रहने बताइएको छ । धेरैभन्दा धेरै विदेशी खेलाडीलाई नेपालगन्ज म्याराथनमा सहभागी गराइ यस ठाउँलाई गन्तव्यका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै जानुपर्ने सिओओ शाहको भनाइ छ ।

यसपटक दुई दिने कार्यक्रम गरी नेपालगन्ज म्याराथन आयोजना गरिंदैछ । पहिलो दिन शुक्रबार दिउँसोदेखि रातिसम्म उपमहानगरपालिका परिसरमा बिभिन्न बिषयमा मन्थनका साथै स्वादको सहरका रुपमा चिनाउने कार्यक्रम समेत हुनेछ जनाइएको छ ।साथै कवि गोष्ठी र मुसायरा पनि हुनेछ ।

हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी तीब्रगतिमा अघि बढेको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताएका छन् ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ भने केएल दुगड ग्रुपकै ज्ञान खाद्यानले सहप्रायोजन गरेको छ ।

कान्तिपुर टिभी पावर्ड बाइ पार्टनरका रुपमा रहेको छ । होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, भायोनेट आईएसपी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, वेष्टर्न हस्पिटल मेडिकल पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद महत्वपुर्ण साझेदारका रुपमा रहेका छन् ।

यसबर्ष नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि अब नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहनेछ ।

गत बर्ष झैं यस बर्ष पनि बिभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिने बताइएको छ । कर्पोरेटतर्फ महिला यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।

स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । साथै बिभिन्न विधालाई समेट्दै पुरस्कृत गरिनेछ । सहभागिता एवं भव्य बनाउने आधारमा शैक्षिक संघसंस्था, क्लब, आमा समुह, वडा समिति, बिभिन्न भेषभुषा र कला सम्बन्धि बिषयमा समेत मुल्यांकन गरी पुरस्कृत गरिने जनाइएको छ ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.