default_image

9 years ago

January 5, 2017

सफल पोखरा म्याराथन फागुनमा

186 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाल भूतपुर्व खेलाडी मंचले फागुन ७ गते ११ औं अन्तराष्ट्रिय सफल पोखरा म्याराथन आयोजना गर्ने भएको छ । मंचको बुधवार बसेको बैठकले पोखरा म्याराथन आयोजना गर्ने निर्णय गरेको मंचका अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए ।

पोखरा म्याराथन । फाइल फोटो

पोखरा म्याराथन । फाइल फोटो

‘पोखरा म्याराथन पोखरेलीहरुको पनि सम्पत्ती हो यसको भव्यता संगै पोखरेलीहरुले देखाउने सदभाव र शुभेच्छा प्रशंसनिय छ’ अध्यक्ष रानाभाटले भने,‘ यस क्षेत्रको खेलकुदमा स्थापित पोखरा म्याराथनमा धेरै भन्दा धेरै स्वदेशी र विदेशी खेलाडीको सहभागिता होस् भन्ने हामी चाहन्छौ ।’

पोखरा म्याराथनमा म्याराथन ( ४२ किमि १९५ मि) सँगै, छात्रा/छात्र ५ किमि. अपाङ्गका लागि ह्विल चियर महिला/पुरुष ४ सय मिटर दौड हुनेछ । लक्ष्मी हाउसको सफल दुधको प्रायोजन हुने म्याराथन सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने मंचका महासचिव हरी पराजुलीले बताए । प्रतियोगितामा झन्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.