2 years ago
July 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – धावक सोम बहादुर कुमाल नयाँ राष्ट्रिय कीर्तिमान बनाउनबाट चुकेका छन् । थाइल्यान्डमा सुरु भएको २४औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा बुधबार पुरुष ४ सय मिटर दौडमा उनी १ मिली सेकेन्डले राष्ट्रिय कीर्तिमान बनाउनबाट चुकेका हुन् ।

सोमले निर्धारित दुरी ४८.३३ सेकेन्डमा पूरा गरे । ४ सय मिटर दौडको राष्ट्रिय कीर्तिमान आशाराम चौधरीको नाममा छ । आशारमले ३३ वर्षअघि (सन् १९९० मा) चीनको बेइजिङमा ४८.३२ सेकेन्डको (इलेक्ट्रोनिक) कीर्तिमान बनाएका थिए ।
यो कीर्तिमानलाई सोमले गत असोज र कात्र्तिकमा गण्डकी प्रदेशको पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा तोडेपनि त्यो (ह्यान्ड टाइमिङ) मा थियो ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]