default_image

1 year ago

September 20, 2024

बाँकेकी गीता र आर्मीका मुकेश रात्री दाैडमा च्याम्पियन

1001 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज १० किमी नाइट रनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् ।

धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण विशेष बनाउन ‘दशाैंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको १० किलोमिटर रात्री दाैडमा महिला खुलातर्फ ५९ मिनेट १६:५२ सेकेन्ड पूरा गर्दै गीता पहिलो भएकी हुन् । काेहलपुरकी स्वस्तिका शाही ( ५१ मिनेट ०६:३७ सेकेन्ड) दोस्रो र सलिना थारु (१ घन्टा ६ मिनेट ४८ सेकेन्ड)तेस्रो भइन् ।

संविधान दिवसका अवसरमा बिहीवार राति नेपालगन्जमा भएको रात्री दाैडमा पालले ३१ मिनेटमा ०७.२१ सेकेन्ड पूरा गर्दै च्याम्पियन बनेका हुन् ।

एपिएफ क्लबका सन्तोष विक्रम बिष्ट दाेस्राे र किरणसिंह बाेगटी तेस्रो भए । सन्ताेषले ३२ मिनेट ४८:४४ सेकेन्ड र किरणले ३२ मिनेट ५४:६३ सेकेन्ड मा दाैड पूरा गरेका हुन्।

दुवैतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो ले १० हजार रुपैयाँ प्राप्त गरे । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गाैतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केशरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरे ।

रात्री दाैड जीवनमा पहिलोपटक दाैड्न पाउँदा नै आफू निकै लागेको विजेता महेशले बताएका छन् । ‘मैले उपाधि नै जितें, इतिहास बनाउने अवसर पाएँ ।’ उनले भने-‘रात्री दाैडकाे मज्जा नै बेग्लै हुने रहेछ ।’

पहिलोपटक ठूलो इभेन्टमा भाग लिएकी बाँके नरैनापुरकी गीताले आफुले नसाेचेकाे नतिजा प्राप्त गर्दा खुशी लागेको बताइन् । ‘पहिलोपटक यति धेरै पैसा जितेकी छु,’ उनलेे भनिन् -‘याे पैसा आमालाई दिन्छु, अब त अझै धेरै खेल्छु ।’

भेट्रान पुरुष तर्फ रैवत दाहाल (३८ मिनेट ०८:७१ सेकेन्ड) पहिलो, बाँके खजुराका भरत श्रेष्ठ (४८ मिनेट ५६:२३ सेकेन्ड ) दाेस्राे तथा महेन्द्र बज्राचार्य ( ४९ मिनेट १९:२५ सेकेन्ड ) तेस्राे भए ।

लुम्बिनीका पूर्व सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गरे । भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दाैडमा आकर्षित गरिरहन आफू दाैडिरहेकाे बराए । ‘राति दाैड्दा फरक अनुभुति हुने रहेछ,’उनलेे भने,’धेरैभन्दा धेरै दाैडमा भाग लिनुपर्छ, यसको आकर्षण बढ्दै जानेछ ।’

नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दाैड विपीको चाेक, धम्बाेजी चाेक, पुष्पलाल चाेक, कारकादाे चाेक हुँदै राँझा नजिकै पुगेर पुन: साेही रुटमा विपी चाेक पुगेर दाैड सम्पन्न भएको थियोे ।

त्यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले रात्रीकालिन दाैडकाे उद्घाटन गरेका थिए ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.