default_image

1 year ago

November 23, 2024

गरिमा रोड रेसमा सन्तोषी र मुकेश विजयी

778 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाली सेनाका मुकेश पालले शनिवार गरिमा रोड रेसको‌ उपाधि जितेका छन्।

१० किलोमिटर दौड महिलामा सन्तोषी र पुरुषमा‌ मुकेश पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३६ मिनेट ४३.३५ सेकेन्ड खमा पूरा गरिन् ।

३७ मिनेट ५४.१९ सेकेन्डमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोश्रो तथा ३८ मिनेट ४३.८१ सेकेन्डमा आर्मीकै सुनसरी रोकाय तेश्रो बने । एपिएफकाद्वय आशा रावत चौथो र फुलमति राना पाँचौं भइन् ।

मुकेशले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गरे । सञ्जय श्रेष्ठ ३१ मिनेट ५८.३ सेकेन्डमा दोश्रो तथा गजेन्द्र राई ३२ मिनेट १४.६ सेकेन्डमा तेश्रो भए ।

नरेन्द्रसिंह रावल चौथो तथा अजितकुमार यादव पाँचौं स्थान प्राप्त । दोश्रोदेखि चौथो स्थानमा रहने खेलाडी पनि आर्मीकै हुन् भने अजित नेपाल प्रहरीका हुन् ।

कर्पोरेटतर्फ पुरुष ५ किलोमिटर दूरीमा शेर्पालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि. का मिङमारसिंह तामाङ पहिलो, राइजिङ एकेडेमी काठमाडौंका सुमन भण्डारी दोश्रो, एसियन लाइफ इन्स्योरेन्सका कृष्णराज रोकाया तेश्रो, ट्राभल एन्ड टुरिजमका विकेश घिमिरे चौथो र मदरल्यान्ड सेक्युरिटी प्रा.लि. का विशाल भण्डारी तामाङले पाँचौं स्थानमा दौड टुंगाए ।

सोही विधा र दूरीको महिलातर्फ नाजारथ स्कुलकी रजिना दुलाल पहिलो, सानिमा रिलायन्सकी स्वस्तिका कार्की दोस्रो, श्रीशा भण्डारी तेस्रो ,महालक्ष्मी विकास बैंककी संगिता लामा चौथो तथा गरिमा विकास बैंककी निर्मला पाँचौं भइन् ।

चारै विधामा विजेताले ७५, दोस्रोले ६०, तेस्रोले ४५ हजार, चौथो ३० र पाँचौंले १५ हजार रुपैयाँ प्राप्त गरे । रेस लाजिम्पाटस्थित गरिमाको केन्द्रीय कार्यालयबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो ।

विजेतालाई सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, आयोजक गरिमाका अध्यक्ष श्यामप्रसाद बस्याल, गरिमाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सोही अवसरमा कात्तिक १४ गते भएको महिला साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रत्येक गोलवापत टिमलाई १ लाख प्रदान गर्ने पूर्वघोषित पुरस्कार पनि गरिमाले प्रदान गरेको थियो ।

फाइनलमा बंगालदेशले नेपाललाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको थियो । नेपालका लागि फाइनलमा अमिशा कार्कीले गोल गरेकी थिइन्।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.