default_image

9 years ago

February 17, 2017

अमेरिकामा अल्ट्रा धाविका मिराको ‘फोटो सुट’

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको आउट साइड म्यागेजिनको लागि नेपाली अल्ट्रा धाविका मिरा राईले फोटो सुट गराइकी छिन् । नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरालाई फोटो सुट र अन्र्तवार्ताका लागि दुई साता अघि अमेरिका पुगेकी थिइन् । उनको अमेरिका यात्राको सबै खर्च आउट साइडले नै बेहोरेको मिराले बताइन् । 

mira-rai

‘मेरो लागि यो विल्कुल नयाँ अनुभव रह्यो ’ मिराले अमेरिकाबाट टेलिफोनमा हाम्रो खेलकुदलाई भनिन्,‘यो मेरो र देशकै लागि पनि ठूलो अवसर थियो । यहाँ अन्य नाम चलेका खेलाडीसँग पनि अनुभव साट्ने अवसर मिल्यो । रमाइलो अनुभव भयो ।’
नेसनल ज्योग्राभी च्यानलले केही महिना अघि विश्वका दस जनालाई मनोनित गरेको अवार्डका लागि अनलाइन भोटिङका आधारमा मिरा विजयी भएकी थिइन् ।

अवार्ड जितेपछि आउटलुकको अन्तवार्ताको लागि बोलाएको जानकारी दिदै मिराले भनेकी थिइन् ‘ अवार्डले मेरो मात्र होइन देशकै इज्जत बढेको महसुस गरेको छु ।

विश्वमै चर्चित म्यागेजिनले बोलाउँदा एउटा खेलाडीका नाताले जति खुसी लागेको छ, देशको समेत प्रतिनिधित्व गर्ने भएकाले त्यसमा गर्व महसुस भइरहेको छ । ’ सन् १९७७ बाट प्रकाशित आउटसाइडले आउटडोर खेलकुद, स्वास्थ्य, सहासिक खेललगायतलाई समेट्ने गरेको छ ।
अल्ट्रा रेस सुरु गरेको छोटो समयमा सफलताका कारण चर्चा कमाएकी मिराले गतबर्ष घुँडाको शल्यक्रिया भएयता कुनै रेसमा भाग लिएकी छैनन् । अहिले उनले फिजियो सुरु गरेको जनाउँदै अब चार पाँच महिनापछि सक्रिय रेसमा फर्कने बताइन् ।
माओवादी सेना समायोजनमा अयोग्य भएपछि उनले अल्ट्रा रेस सुरु गरेकी थिइन् । भोजपुरकी मिराले पहिलो पटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिइन् ।

दुई बर्षअघि उनको अन्तराष्ट्रिय यात्रा भने इटलीबाट सुरु भएको वथियो । गत बर्ष फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा म्यारथन जितेपछि उनको चर्चा चुलिएको थियो । आफु फागुन १७ मा स्वेदश फर्कने मिराले जानकारी दिइन् ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.