default_image

6 months ago

June 11, 2025

संगीता र प्रवीणले बनाए जुनियर राष्ट्रिय कीर्तिमान

782 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

प्रवीणले छात्र १ सय मिटर दौड तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका हुन् । कीर्तिमान वापत दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज प्रवीणले निर्धारित दूरी १०.७६ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण पदक जिते । यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेन्डको कीर्तिमान थियो । उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए ।

१ सय मिटर दौडमा कोशी प्रदेशका सुजन मण्डल दोश्रो तथा लुम्बिनी प्रदेशका शुभम बमरेल तेश्रो भए ।
संगीताले निर्धारित दूरी १ मिनेट ०१.१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितिन् ।

संगीताले २०७६ सालमा अरुणा रिजालले राखेको १ मिनेट ०१.३० सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । बागमतीकी अनिशा थारु दोश्रो र कर्णालीकी कृष्णा राना तेश्रो बने ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगिताको छात्रा १ सय मिटर दौडमा बागमतीकी दिना गोपाली पहिलो भइन् ।

दिनाले १२.८१ सेकेन्ड समय निकालिन् । लुम्बिनीकी आरुशी भट्टराई दोश्रो तथा गण्डकी प्रदेशकी अनुष्का अधिकारी तेश्रो भए ।

छात्र ४ सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न ५१.८९ सेकेन्ड समय खर्चे । गण्डकीका प्रकाश महतोले रजत तथा सुदूरपश्चिमका विक्रम विष्टले कांस्य पदक प्राप्त गरे।

छात्र हाइजम्पमा बागमतीका अविनाश सुनार पहिलो भए । उनले १.६८ मिटर जम्प गरे । सुदूरपश्चिमका उज्ज्वलकुमार विक दोश्रो तथा गण्डकीका विवेक महतो तेश्रो स्थानमा रहे ।

छात्रा हाइजम्पमा १.३८ मिटर जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरी शीर्ष स्थानमा रहिन् । गण्डकीकी सविता खातुन मिया दोश्रो तथा कर्णालीकी हीरा बुढा तेश्रो बनिन् ।

सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरी पहिलो भए । उनले १३.६१ मिटर टाढा फाले । लुम्बिनीका राजन भण्डारी दोश्रो तथा कर्णालीका केशव विक तेश्रो भए ।

छात्रा सटपुटमा बागमतीकी एलिना विकले स्वर्ण   जितिन् । एलिनाले ८.६९ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले कांस्य पदक जितिन् ।

छात्रा १ हजार ५ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी पहिलो भइन् । नारायणीले ५ मिनेट ०३.९ सेकेन्डमा दूरी तय गरिन् । बागमतीकी भगवती खड्का दोश्रो तथा सुदूरपश्चिमकी देवकी धामी तेश्रो भए । प्रतियोगितामा २६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.