4 months ago
August 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन रनिङ क्लब तथा भेट्रान धावकहरुको संयुक्त आयोजनामा प्रथम अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपमा विभागीय खेलाडीको दबदबा रहेको छ।
दशरथ रंगशालामा भएको च्याम्पियन्समा महिला/पुरुष ६० मिटर,१ सय ५० मिटर , ३ सय ५० मिटर, ६ सय मिटरमा प्रतिस्पर्धा भएको थियो।
महिला ६० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी (७.६ सेकेन्ड) विजयी भइन् । आर्मकी
रन्जिता अधिकारी (७.७ सेकेन्ड) दोस्रो र एपिएफ क्लब की लक्ष्मी बहादुर साउद (७.९ सेकेन्ड) तेस्रो भइन्।
सोही विधाको पुरुषतर्फ एपिएफ शिव राज पार्की ( ६.६ सेकेन्ड) , आर्मीका सलिम देवान ( ६.६ सेकेन्ड) दोस्रो र
लालि गुराँसका प्रविन राना ( ६.७ सेकेन्ड) तेस्रो भए ।
महिला १ सय ५० मिटर दौडमा नेपाल पुलिस क्लबका सिमा चौधरी (१८.१ सेकेन्ड) पहिलो, आर्मीकी जयरानी थारु (१८.३ सेकेन्ड) दोस्रो र आर्मीकी पूजा चौधरी (२०.६ सेकेन्ड) तेस्रो भइन्।

पुरुष १ सय ५० मिटर दौडमा एपिएफका सुशील के.सी. (१५.९ सेकेन्ड), पुलिसका अदेश कुमार यादव (१६.२ सेकेन्ड) दोस्रो र आर्मीका निश्चल महतो (१६.४ सेकेन्ड) तेस्रो भए।
महिला ३ सय ५० मिटर दौडमा एपिएफकी रमिता कुमारी थारु (३९.७ सेकेन्ड) विजयी भइन् । आर्मीकी सरस्वती थारु ( ५०.७ सेकेन्ड) र आर्मीकी कलेशी चौधरी (५१.३ सेकेन्ड) तेस्रो भइन्।
पुरुष ३ सय ५० मिटर दौडमा युवराज बि.क. (४१.५ सेकेन्ड) पहिलो, कैलालीका सगर चौधरी ( ४१.८ सेकेन्ड) दोस्रो र आर्मीका प्रेम बहादुर सुनुवार (४२.२ सेकेन्ड) तेस्रो भए ।
महिला ६ सय मिटर दौडमा पोखराकी नारायणी भण्डारी ( १ मिनेट ३५.९ सेकेन्ड) विजयी भइन्। लाली गुराँसकी भगवती खड्का (१ मिनेट ३७.९ सेकेन्ड) र ललितपुरकी अनिशा विश्वकर्मा ( १ मिनेट ४८.८ सेकेन्ड) तेस्रो भइन्।

पुरुष ६ सय मिटर दौडमा आर्मीका सोम बहादुर कुमाल (१ मिनेट १७.६ सेकेन्ड) विजयी भएका छन्। आर्मीका मुकेश बहादुर पल (१ मिनेट २१.४ सेकेन्ड) ,
खुम बहादुर शाही (१ मिनेट २२.४ सेकेन्ड) तेस्रो भए।
हिमालयन रनिङका अध्यक्ष शहदेव व्यञ्जनकारले प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ऐथलेटिक्स संघद्वारा स्वीकृत एसँगै मान्यता दिएमा धन्यवाद जदिए ।
सो अवसरमा भारतमा साउन २६ गते भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा पदक जितेका सिमाकुमारी चौधरी र सलिम सेवालाई सम्मान गरिएको थियो।
लङजम्पमा सिमाले ५ मिटर ८३ सेमीका साथ रजत पदक जितेकी थिइन्। सलिमले ७ मिटर ३२ सेमी जम्प गर्दै रजत पदकका साथ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए।

झन्डै एक सय खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपका हरेक विधाका विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गरे।
पुरुषतर्फका सबै विजेताले टिफोसी अप्टिक्सको चस्मा तथा महिला विजेतालाई ब्लुटुथ हेड सेट र टिफोसी अप्टिक्सको चस्मा प्रदान गरिएको थियो।
प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]