4 months ago
August 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन रनिङ क्लब तथा भेट्रान धावकहरुको संयुक्त आयोजनामा प्रथम अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपमा विभागीय खेलाडीको दबदबा रहेको छ।
दशरथ रंगशालामा भएको च्याम्पियन्समा महिला/पुरुष ६० मिटर,१ सय ५० मिटर , ३ सय ५० मिटर, ६ सय मिटरमा प्रतिस्पर्धा भएको थियो।
महिला ६० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी (७.६ सेकेन्ड) विजयी भइन् । आर्मकी
रन्जिता अधिकारी (७.७ सेकेन्ड) दोस्रो र एपिएफ क्लब की लक्ष्मी बहादुर साउद (७.९ सेकेन्ड) तेस्रो भइन्।
सोही विधाको पुरुषतर्फ एपिएफ शिव राज पार्की ( ६.६ सेकेन्ड) , आर्मीका सलिम देवान ( ६.६ सेकेन्ड) दोस्रो र
लालि गुराँसका प्रविन राना ( ६.७ सेकेन्ड) तेस्रो भए ।
महिला १ सय ५० मिटर दौडमा नेपाल पुलिस क्लबका सिमा चौधरी (१८.१ सेकेन्ड) पहिलो, आर्मीकी जयरानी थारु (१८.३ सेकेन्ड) दोस्रो र आर्मीकी पूजा चौधरी (२०.६ सेकेन्ड) तेस्रो भइन्।

पुरुष १ सय ५० मिटर दौडमा एपिएफका सुशील के.सी. (१५.९ सेकेन्ड), पुलिसका अदेश कुमार यादव (१६.२ सेकेन्ड) दोस्रो र आर्मीका निश्चल महतो (१६.४ सेकेन्ड) तेस्रो भए।
महिला ३ सय ५० मिटर दौडमा एपिएफकी रमिता कुमारी थारु (३९.७ सेकेन्ड) विजयी भइन् । आर्मीकी सरस्वती थारु ( ५०.७ सेकेन्ड) र आर्मीकी कलेशी चौधरी (५१.३ सेकेन्ड) तेस्रो भइन्।
पुरुष ३ सय ५० मिटर दौडमा युवराज बि.क. (४१.५ सेकेन्ड) पहिलो, कैलालीका सगर चौधरी ( ४१.८ सेकेन्ड) दोस्रो र आर्मीका प्रेम बहादुर सुनुवार (४२.२ सेकेन्ड) तेस्रो भए ।
महिला ६ सय मिटर दौडमा पोखराकी नारायणी भण्डारी ( १ मिनेट ३५.९ सेकेन्ड) विजयी भइन्। लाली गुराँसकी भगवती खड्का (१ मिनेट ३७.९ सेकेन्ड) र ललितपुरकी अनिशा विश्वकर्मा ( १ मिनेट ४८.८ सेकेन्ड) तेस्रो भइन्।

पुरुष ६ सय मिटर दौडमा आर्मीका सोम बहादुर कुमाल (१ मिनेट १७.६ सेकेन्ड) विजयी भएका छन्। आर्मीका मुकेश बहादुर पल (१ मिनेट २१.४ सेकेन्ड) ,
खुम बहादुर शाही (१ मिनेट २२.४ सेकेन्ड) तेस्रो भए।
हिमालयन रनिङका अध्यक्ष शहदेव व्यञ्जनकारले प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ऐथलेटिक्स संघद्वारा स्वीकृत एसँगै मान्यता दिएमा धन्यवाद जदिए ।
सो अवसरमा भारतमा साउन २६ गते भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा पदक जितेका सिमाकुमारी चौधरी र सलिम सेवालाई सम्मान गरिएको थियो।
लङजम्पमा सिमाले ५ मिटर ८३ सेमीका साथ रजत पदक जितेकी थिइन्। सलिमले ७ मिटर ३२ सेमी जम्प गर्दै रजत पदकका साथ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए।

झन्डै एक सय खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपका हरेक विधाका विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गरे।
पुरुषतर्फका सबै विजेताले टिफोसी अप्टिक्सको चस्मा तथा महिला विजेतालाई ब्लुटुथ हेड सेट र टिफोसी अप्टिक्सको चस्मा प्रदान गरिएको थियो।
प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]