4 months ago
August 19, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालको एकमात्र रात्री दौड नेपालगन्ज टेन नाइट रनमा यो बर्ष रिले दौड विधा पनि समावेश गरिने भएको छ ।
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो । एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड समेत सन्चालन हुने बताइएको छ।
असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० बर्षमाथि उमेर समुह), ५ किलोमिटर भेट्रान्स महिला (४५ बर्ष माथि उमेरसमुह) र १० किलोमिटर मिक्स रिले(चार जनाको समुह दौड) गरी अलग स्पर्धा राखिएको छ ।
मिक्स रिले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए ।
‘दश किलोमिटरलाई समान चार दुरीमा बाँडेका हुन्छौं, त्यहीअनुसार धावकले आफ्नो पालोमा आफ्नो दुरी पुरा गर्नुपर्ने हुन्छ ।’ रेस डाइरेक्टर गुरुङले भने¬‘यो दौडले रोमान्चकता थप्नेछ र दौडमा आम सर्वसाधारणलाई समेत आकर्षित गर्नेछ ।’

पहिलोपटक समावेश गरिएको रिले दौडले आम मानिसलाई दौडको मजा लिन प्रेरित गर्ने एम्स दुत तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।
‘नेपालको पुरानो सहरलाई जीवन्त बनाइरहन दौडका विभिन्न विधालाई उजागर गर्न प्रयासरत छौं ।’ संस्थापक ठकुरीले भने¬‘नेपालगन्जलाई दौडको सहर बनाउने अभियानअन्तर्गत हामीले कर्म गरिरहेका छौं, दौडिरहने सहरको परिचयले पनि सहरको ब्रान्डिङमा सघाउनेछ ।’
नेपालगन्ज टेन के नाइट रन एक दशक यात्रा पुरा गरेको धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट हो । यी दुवैको संयोजन एवं व्यवस्थापन क्रियटिभ गन्जले गर्दै आएको छ ।
नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि सुरु भइ राँझा चोक पुगेर पुनः
सोही रुटबाट बीपी चोकमै पुगेपछि दश किलोमिटर दुरी पुरा हुन्छ । नाइट रनका क्रममा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी सडक एकतर्फी मात्र सन्चालन गरिने भएको हुँदा धावकलाई सहज हुने गर्दछ ।
एक महिना बाँकी रहँदा दर्ता खुला गरिएको नेपालगन्ज नाइट रनका विजेतालाई नगद पुरस्कारका साथै सरप्राइज पुरस्कार चाँडै घोषणा गरिने ठकुरीले बताए ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]