2 months ago
September 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) –विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत जितेकी सुनमाया बुढा आज स्वदेश फर्किएकी छिन् ।
स्पेनमा भएको विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा उनले दोस्रो स्थान प्राप्त गरेकी थिइन्।
सुनमायालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका महासंघका सचिव शहदेव ब्यञ्जनकार, कोषाध्यक्ष रिकी योञ्जन, सदस्य राजमान महर्जन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

विश्व माउन्टेन रनिङ एसोसियसनले विश्व एथलेटिक्स र इन्टरनेश्नल एसोसियसन अफ अल्ट्रारनर्ससँग मिलेर आयोजना गरेको विश्व च्याम्पियनसिपमा सुनमायाले ८० किलोमिटरको महिला लङ ट्रेल रनको दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन्।
नेपाल एडभेन्चर फेडेरेसनले सुनमायासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई सहभागी गराएको थियो । टोलीको व्यवस्थापकमा प्रीति खत्री थिइन् ।

December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]