default_image

10 years ago

November 4, 2015

चौथो राष्ट्रिय ट्राइयाथलन शनिबार

215 views

0 Bookmark

पूर्वाञ्चलमा आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७२ अन्तरगत हुने चौथो राष्ट्रिय ट्राइयाथलन प्रतियोगिता कास्कीको वेगनाश तालमा शनिबार हुने भएकोछ ।

प्रतियोगितामा ट्राईयाथलन अन्तरगत स्टान्डर्ड वा ओलम्पिक डिसिप्लिन (१ हजार ५ सय मिटर पौडी, ४० कि.मि. साईक्लिङ्ग र १० कि.मि. दौड), स्प्रिन्ट (७५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड) र डुवाथलन (५ कि.मि. दौड, २० कि.मि. साईक्लिङ्ग र २.५ कि.मि. दौड)  गरि तीन विधामा प्रतिस्पर्धा गराईने भएको छ ।

प्रतियोगिता भारतको गुहाटी र आसाममा माघ २३ देखि आयोजना हुने दक्षिण एशियाली प्रतियोगिताको लागि छनोट प्रतियोगिता समेत रहनुका साथै मंसिर महिनामा पानीको चिसोपनमा अत्याधिक बृछि हुने भएकोले र पूर्वमा प्रतियोगिता संचालनको लागि आवश्यक ताल वा पोखरी नभएका कारण वेगनाश तालमा प्रतियोगिता संचालन गर्न लागिएको नेपाल ट्राईयाथनल संघका महासचिव निलेन्द्र राज श्रेष्ठले जनाएका छन् । वेगनाश तालमा नेपाल ट्राईयाथलन संघले विगत तीन बर्ष देखि दक्षिण एशियाली च्याम्पियनसिप र राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै आईरहेको छ । हाल उक्त तालको पानीमा पौडीको लागि आवश्यक तातोपन रहेको र यस भन्दा पछाडी प्रतियोगिता गर्नु परेमा पानीको चिसो पन बढ्न जानाले प्रतियोगिता आयोजना गर्न नसकिने र दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदकको सम्भावना भएकोले तयारी प्रशिक्षणमा पर्याप्त समय नहुने भएका कारणले पनि प्रतियोगिता यसै समयमा गर्नु परेको समेत महासचिव श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा पााच विकास क्षेत्र र दुई विभागिय टोली नेपाली सेना र सशस्त्र प्रहरी बलका ३० पुरुष र १० महिला गरि ४० खेलाडीको सहभागिता रहने छ ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.