10 years ago
December 13, 2015
मेन्टर इन्स्टिच्यूट, नयाँ बानेश्वरले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
मेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हेमन्त भट्टराई र विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधि दुई वर्षको रहेको छ ।
सन् २००३ मा स्थापना भएको मेन्टर विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिनुका साथै व्यवस्थापन पक्षमा सहयोग गर्ने संस्था हो । अस्ट्रेलिया, इङल्यान्ड र आयरल्यान्डमा मेन्टरको शाखा विस्तार भइसकेको प्रबन्ध निर्देशक भट्टराईले जनाएका छन् ।
सम्झौता अनुसार विष्टले संस्थाको प्रवद्र्धन, संस्थाकको कार्यक्रममा सहभागिता, संस्थाको सत्यतथ्य सूचनाको प्रचार प्रसारलगायतका कार्यमा संलग्नता हुने पर्नेछ ।
सम्झौता कार्यक्रमपछि प्रबन्ध निर्देशक भट्टराई नेपाली खेल क्षेत्रमा ख्याती कमाएका र इतिहास रचेका व्यक्तिलाई मेन्टरले ब्रान्ड एम्बासडरका रुपमा पाउनु गर्वको कुरा भएको बताए ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]