8 years ago
December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा रहेका ओलम्पियनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज चन्द्रागिरी हिल्सको अवलोकन गराएको छ । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक भत्ताको व्यवस्था गर्ने बताएका छन् ।
विष्टले राखेपले पहिलो पटक नेपालको तर्फबाट ओलम्पिकमा प्रतिनिधित्व गर्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउँदै आएको र बाँकी ओलम्पियनलाई पनि मासिक भत्ता उपलब्ध गराउने बताएका हुन् ।
‘नेपालको तर्फबाट पहिलो पटक ओलम्पिकमा भाग लिनेलाई मासिक १० हजार रुपैयाँ उपलब्ध गराउदै आएका छौं । बाँकी ओलम्पियनलाई पनि सम्भवतः आगामी माघ/फागुनदेखि आन्तरिक व्यवस्था गरी मासिक तीन हजार उपलब्ध गराउने तयारीमा छौं , उनले भने, आउने आर्थिक वर्षदेखि मासिक ५ हजार दिने गरी व्यवस्था मिलाउने छौं । साथै दक्षिण एसियाली खेलकुदका रजत र कांस्य पदक विजेतालाई मासिक भत्ताको व्यवस्था समेत गर्ने छौं ।’
सदस्य–सचिव विष्टले भ्रमण कार्यक्रम त्यत्ति ठूलो नभएपनि उपत्यकामा उपलब्ध सबै ओलम्पियनलाई एकै थलोमा भेटघाट गराउने उद्देश्यले चन्द्रागिरी हिल्स भ्रमणको आयोजना गरिएको बताउदै कार्यक्रम सानो/ठूलो भन्दा पनि खेलाडी प्रति सदभाव राख्नु र खेलाडीहरुलाई सम्झिनु महत्वपूर्ण हुने बताए । उनले उपत्यका बाहिरका ओलम्पियनको सम्मान पनि उनीहरुकै क्षेत्रमा यस्तै कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।
कार्यक्रममा उपत्यकामा उपलब्ध पुराना पुस्ताका ओलम्पियन नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीदेखि नयाँ पुस्ताकी ओलम्पियन जुडोकी फुपुल्हामु खत्रीलगायत गरी ३० ओलम्पियन उपस्थित थिए । राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले एसियाली खेलकुदका लागि शीघ्र तयारी थाल्नु पर्ने जनाउँदै गरिब भनिएका मुलुकले पनि खेलकुदमा ठूलो फड्को मार्न सक्ने क्षमता रहेको बताए । कार्यक्रममा ओलम्पियनलाई चन्द्रागिरी हिल्स अवलोकन/भ्रमण कार्यक्रममा सहुलियत प्रदान गरेको चन्द्रागिरी हिल्स लि. लाई राखेपले प्रशंसा पत्र प्रदान गरेको थियो ।
भ्रमण कार्यक्रमअघि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ओलम्पियनलाई ट्रयाकसुट वितरण गरिएको थियो भने राष्ट्रिय टिम तयारीमा रहने खेलाडीका लागि राखेपले खरिद गरेको बसको पनि सदस्य–सचिव विष्टले उद्घाटन गरेका थिए । राष्ट्रिय टिम तयारीमा रहने खेलाडीको सुविधालाई ध्यानमा राखि बस खरिद गरिएको बताउदै सदस्य–सविच विष्टले हाल एउटा बस मात्र खरिद गरिए पनि थप ३ बस खरिदका लागि प्रकिया अगाडि बढाइने जानकारी दिए ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]