9 years ago
August 22, 2015
काठमाडौं, भदौ ५ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा मन्त्रालयको संयुक्त आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता भदौ २२ गते हुने भएको छ ।
राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत छात्र/छात्राले प्रतिस्पर्धा गर्न पाउने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जनाएका छन् ।
काठमाडौंलाई ५ सय, ललितपुरलाई ४ सय र भक्तपुरलाई ३ सय कोटा निर्धारण गरिएको छ । छात्रमा ५ किलोमिटर र छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।
छात्र/छात्रा दुवै समूहमा दसौं स्थानमा दौड टुंग्याउने नगद पुरस्कारको हकदार बन्ने छन् । कूल पुरस्कार राशी १ लाख ४ हजार रुपैयाा रहेको यो प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार, तेश्रोले ५ हजार तथा चौथोले ४ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । पााचौंदेखि दसौं स्थानमा रहनेलाई समान ३–३ हजार नगदबाट पुरस्कृत गरिने छ ।
दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुन: दशरथ रंगशालामै आएर टुंगिनेछ । सहभागी हुन इच्छुकले भदौ २१ गतेसम्म नाम दर्ता गराइसक्नु पर्नेछ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका सदस्य–सचिव केशवकुमार विष्टको संयोजकत्वमा २४ सदस्यीय खेलकुद उपसमिति गठन गरिएको छ ।
December 7, 2024
नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाली सेनाका मुकेश पालले शनिवार गरिमा रोड रेसको उपाधि जितेका छन्। १० किलोमिटर दौड महिलामा सन्तोषी र पुरुषमा मुकेश पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विश्व म्याराथन मञ्चमा नेपालकाे दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ । विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत […]