default_image

10 years ago

January 10, 2016

बैकुण्ठ पृथ्वी पुरस्कारबाट सम्मानित

195 views

0 Bookmark

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्ने किर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् ।

राप्रपा नेपालको राष्ट्रिय खेलकुद संघले आइतबार राजधानीमा मानन्धरलाई सम्मान गरेको हो । उपप्रधान एवंम परराष्ट्रमन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मानन्धरलाई पृथ्वीनारायण शाहकाको प्रतिमा, दुई लाख रुपैयाँ र प्रसंम्शा पत्र दिएर सम्मान गरे ।

Baikutha

मानन्धरले साफको पहिलो सन् १९८४,१९८५ र १९८७ मा म्याराथनमा स्वर्ण पदक जितेका थिए । त्यहि क्रममा उनले राखेको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले सम्म दक्षिण एसियाली खेलकुदमा तोडिएको छैन ।

उनी साफको एथलेटिक्समा तीन स्वर्ण पदक जित्ने एक्ला नेपाली खेलाडी हुन् । पदक जित्नेमा मानन्धरभन्दा तेक्वान्दोका दीपक विष्ट अगाडी छन् । अहिले दक्षिण एसियाली खेलकुद (साग) नामाकरण गरिएको समेत गरि दीपकले चारवटा स्वर्ण पदक जितेका छन् ।

तीनभन्दा बढी स्वर्ण पदक जितेको भन्दै नेपाल सरकारले यसअघि मानन्धर र विष्टलाई समान २० लाख रुपैयाँ प्रदान गरिसकेको छ । मानन्धर ४ पटक ओलम्पिकमा भाग लिने एक्ला नेपाली खेलाडी समेत हुन् । गत बर्ष पहिलो पटक उक्त पुरस्कारबाट राष्ट्रिय टोलीका पूर्व कप्तान एवंम नेपालले साफ फुटबलमा दुई पटक स्वर्ण जित्दाका खेलाडी राजुकाजी शाक्य सम्मानित भएका थिए ।

सम्मान थापेपछि ६४ वर्षे मानन्धरले पृथ्वी नारायण शाहको योगदानको कदर गर्दै यस्तो पुरस्कारले सम्पुर्ण नेपालीलाई एक ठाँउमा उभ्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे । सम्मानभन्दा फरक प्रसंङ कोट्टयाउँदै मानन्धरले नाकाबन्दीले जनजीवन निकै कष्टकर भएकाले समास्या समाधानका लागि पहल गर्न उपप्रधानमन्त्री थापाको ध्यानाकर्षण गराए । उपप्रधान मन्त्री थापाले मानान्धरले खेलक्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै पृथ्वी पुरस्कारको स्थापनाले राप्रपा नेपाललाई चिनाउन समेत मद्दत गरेको बताए । उनले भारतमा हुने १२ औं सागमा नेपालको सहभागिता हुने र त्यसमा आइपरेको आर्थिक कठिनाइ फुकाउन आफुले प्रधानमन्त्री केपी ओलीसँग पहल गर्ने समेत बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका चार वटा साग र दुई एसियाली खेलकुदका कास्य पदक विजेता विष्टले मानन्धरको सम्मानले नयाँ पुस्तालाई प्रेरणा मिल्ने विचार राखे । उनले भने,‘म सानैबाट बैकुण्ठ दाईको फ्यान रहे ।उहाँले साफमा राखेको कीर्तिमान अझै तोडिन सकेको छैन । यसैबाट पनि हामी कति पछाडी छौं र नयाँ पुस्ता खेलकुदमा आउन सकेका छैनन् भन्ने प्रष्ट हुन्छ । राप्रपा नेपालले जस्तै अन्य पार्टीले पनि यस्तो सम्मानको परम्परा थाल्नुपर्छ ।’ राप्रपा नेपालका युवा, खेलकुद तथा विद्यार्थी विभाग प्रमुख गणेश थापाले पुरस्कार स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै भने,‘ पृथ्वी नारायण शाहको सम्झना हुनुका साथै खेलकुदमा योगदान गर्ने ब्यक्तिको सम्मानले नयाँ पुस्ताको खेलाडीलाई उत्साह मिल्नेछ ।’ राष्ट्रिय खेलकुद संघका अध्यक्ष लोकबहादुर शाहीले खेलाडी सम्मानको परम्पराले पार्टीको गरिमा बढेको उल्लेख गर्दै भविष्यमा पनि यसलाई निरन्तरता दिइने बताए ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.