default_image

10 years ago

February 1, 2016

हाफ म्याराथनमा रेकर्ड ब्रेक गर्नेलाई हिरो डास स्कुटर

202 views

0 Bookmark

काठमाडौं, माघ १८ । कान्तिपुर हिरो हाफ म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने पुरुष तथा महिला खेलाडीले नगद ५० हजारसहित एक–एक थान हिरो डास स्कुटर पाउने भएका छन् ।

kantipur half marathan
सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले छैटौ संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडीलाई नगद भन्दा स्कुटर दिने निर्णय गरेको जानकारी गरायो । यसअघि कोर्स रेकर्ड ब्रेक गर्ने खेलाडीले ५० हजारसहित नगद २५ हजार बोनस प्राप्त गरेको थियो । दुई वर्षअघिको संस्करणमा अनिस थापामगरले आर्मीका कल्याण बाँनियाको तथा आर्मीकी विश्वरुपा बुढाले एपिएफीकी कान्छीमाया कोजुको रेकर्ड ब्रेक गरेका थिए । पुरुषमा कोर्स रेकर्ड अनिश थापामगरको नाममा १ घण्टा ७ मिनेट ४७ सेकेण्ड तथा महिलामा आर्मीकी विश्वरुपा बुढाको नाममा १ घण्टा २३ मिनेट १८ सेकेण्डको नाममा छ ।
कान्तिपुर पब्लिकेसनको २३औं वार्षिकोत्सवको अवसर पारेर फागनु ७ गते हुन लागेको हाफ म्यारथन २१.१ किलोमिटर, कर्पाेरेट÷मिडिया अन्र्तगत ५ किलोमिटर तथा ह्वील चियर अन्र्तगत ३ किलोमिटर हुनेछ । हाफ म्याराथनका पुरुष÷महिला विजेताले समान ५०–५० हजार तथा उपविजेता हुनेले ३०–३० हजार रुपैया प्राप्त गर्नेछन् । यस्तै तेस्रो, चौथो, पाँचौ तथा छैटौ हुनेले क्रमश २० हजार, १० हजार, पाँच हजार र तीन हवार प्राप्त गर्नेछन् । यस्तै कर्पाेरेट÷ मिडिया र ह्वील चेयरका पुरुष÷महिला विजेताले समान १०–१० शजार तथा उपविजेताले पाँच–पाँच हजार तथा तेस्रो हुनेले तीन हजार रुपैंया प्राप्त गर्नेछन् ।
नेपाल एथलेटिक्स संघका मुख्य प्रशिक्षक सुशिल नरसिंह राणाले १२औं सागका कारण मुख्य खेलाडीहरुले प्रतियोगितामा भाग लिने सम्भावना न्यून रहेको बताए । प्रतियोगिताका लागि नेपाल एमेच्योर एथलेटिक्स संघको प्राविधिक सहयोग रहनेछ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.