10 years ago
August 5, 2015
भारतको सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एसियाली खेलकुदलाई मध्यनजर राख्दै नेपाल एथलेटिक्स संघले ८ राष्ट्रिय खेलाडीलाई विशेष वैदेशिक प्रशिक्षणमा पठाएकोछ ।

थाइल्यान्डको राजधानी बैंककको थाइ प्रशिक्षण शिविरमा चार पुरुष र चार महिला गरि आठ खेलाडीले ४० दिने विशेष प्रशिक्षण लिने अवसर प्राप्त गरेका छन् ।
नेपाली टोलीलाई संविधान सभाका सभासद् एवं नेपाल एथलेटिक्स कमिटिका अध्यक्ष राजीव शाहले राष्ट्रिय खेलकुद परिषदमा शुक्रबार बिदाई गरे । बैंकक प्रस्थान गर्ने नेपाली एथलेटिक्स टोलीमा सुर्य खत्री (हाइजम्प), डिल्ली खत्री (लङजम्प/ट्रिपलजम्प), आशिष चौधरी (१००/२०० मिटर स्प्रिन्ट), मुक्तीबहादुर खड्का (८०० मि.), सिमा कुमार थारु (जाभलिङ्ग थ्रो), अमृता महतो (थिक्स थ्रो), सरस्वती भट्टराई (८००/१५०० मि.), सरस्वती चौधरी (१००/२०० मि.) रहेका छन् । टिम प्रशिक्षकमा बरिष्ठ प्रशिक्षक विक्रम जंग थापा र राकेश बज्राचार्य तथा टिम ब्यवस्थापकमा सन्तोष श्रेष्ठ त्यस तर्फ जाने भएका छन् ।
प्रशिक्षणको लागि नेपाली टोलीलाई एशियन एथलेटिक्स महासंघको अध्यक्षको पहलमा महासंघले १० हजार डलर र थाई एथलेटिक्स संघबाट ६ हजार डलर सहयोग प्राप्त भएको एथलेटिक्स संघका अध्यक्ष राजीव शाहले जानकारी गराए । अध्यक्ष शाहले टोलीलाई शुभकामना सहित बिदाई गर्दै विशेष प्रशिक्षणले नेपाली खेलाडीहरुको स्तरबृद्धि हुने विश्वास ब्यक्त गरे ।
सो प्रशिक्षण पश्चात खेलाडीहरुले ६ देखि १० सेप्टेम्बर २०१५ मा बैंककमानै आयोजना हुने ६१ औं थाइ ओपन एथलेटिक्स च्याम्पियनसिपमा सहभागीता जनाउने छन् । टोली सोमबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकोछ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]