default_image

10 years ago

February 27, 2016

सजना र बिशाल पहिलो

180 views

0 Bookmark

काठमाडौं, फागुन १५

सजना श्रेत्री र बिशाल बाँनियाले १० किमी खुल्ला दौड प्रतियोगितामा पहिलो स्थान हात पारेका छन् ।

running

कुसुन्ती युवा क्लबले स्थापनाको २८औ बर्ष पुरा गरेको अवसरमा शनिवार आयोजना गरिएको खुला दौड प्रतियोगिताका महिलातर्फ सजना खत्री पहिलो, बर्षा थापा दोश्रो प्रिति श्रेष्ठ तेश्रो भए । त्यस्तै पुरुषतर्फ बिशाल बानिया पहिलो,बिकास सुब्बा दोश्रो र श्री कृष्ण श्रेष्ठ तेश्रो भए ।

पुरुषतर्फ बिजेताले १५ हजार, उपबिजेताले १० हजार र तेश्रोले ५ हजार नगद सहित ट्रफी प्राप्त गरे भने महिलातर्फको बिजेता र उपबिजेताले माउण्डेन फ्लाईटकको अवसर प्राप्त गर्दा तेश्रोले २ हजार नगद प्राप्त गरिन् ।

बिजेतालाई संघिय मामिला तथा स्थानिय विकास सहायक मन्त्री बिराज वहादुर बिष्ट,क्लबका अध्यक्ष निरज खड्का र कार्यक्रम संयोजक श्याम भण्डारीले खेलाडिलाई पुरस्कृत गरेका थिए ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.