default_image

6 years ago

October 3, 2019

अनिष बने चौथोपटक लिगलिगे राजा

214 views

0 Bookmark

गोरखा (हाम्रो खेलकुद) – भारतीय सेनाका अनिष थापामगर चौथोपटक लिललिगको राजा बनेका छन् । १०औं संस्करण जारी रहँदा पर्वतका अनिष चौथोपटक दौड जित्दै लिगलिगको राजा बन्न सफल भएका हुन् ।

चेपे र मस्र्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी अनिषले ५७ मिनेट ५५ सेकेन्डमा पुरा गरे ।
नेपाली सेनाका खगेन्द्र भाटले निर्धारित दुरी १ घण्टा १ मिनेट ८ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हात पारे ।

नेपाली सेनाकै रामजी बस्नेतले १ घण्टा १ मिनेट ३४ सेकेण्डमा पार गरी तेस्रो स्थान हात पारे । सन्दीप ढकाल चौथो र सविन तामाङले पाँचौ स्थान हात पारे । दुर्घराज बुढा, याङ देव राई, वीरेन्द्र रावल, इन्द्रबहादुर थापामगर र चन्द्र बहादुर घर्तीले शीर्ष १० स्थान हात पारे ।

उपाधिसँगै अनिषले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको श्रीपेच, पालुङटार नगरपालिकाको सद्भावना दूतको दर्जा, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र हात पारे । दोस्रो देखि दशौसम्मले क्रमश ३५ हजार १ सय, २५ हजार १ सय, १५ हजार १ सय, १० हजार १ सय, ७ हजार १ सय, ५ हजार १ सय, ४ हजार १ सय, ३ हजार १ सय र २ हजार रुपैया नगद पुरस्कार हात पारे ।
लिगलिगे बासीतर्फ सागर ढकाल पहिलो भए । इन्द्र बहादुर थापामगर, सुर्य विक र सुरज भण्डारीले शीर्ष चार स्थान हात पारे । पहिलोले २० हजार ५, दोस्रोले १२ हजार ५, तेस्रोले ७ हजार ५ र सान्त्वनाले ३ हजार ५ नगद पुरस्कार पाए ।

५ किमिको समावेशी महिलातर्फ हुमी बुढामगर पहिलो, सरिता वासी दोस्रो र इन्द्रकला नेम्वाङले तेस्रो स्थान हात पारिन् । विजेताले २० हजार ५, दोस्रोले १२ हजार ५ र तेस्रोले ७ हजार ५ नगद पुरस्कार पाए ।

भेट्रान्सतर्फ दामोदर बुढामगर पहिलो, ओम बहादुर प्रधान दोस्रो र राजमान राईले तेस्रो स्थान हात पारे । विजेताले २० हजार ५, दोस्रोले १२ हजार ५ र तेस्रोले ७ हजार ५ नगद पुरस्कार पाए ।

विद्यार्थी छात्रतर्फ (३ किमी) मा सुनिल बसेल पहिलो, ऋषिराम सुनार दोस्रो र विपुल ठकुरीले तेस्रो स्थान हात पारे । छात्रामा रजिना कोइराला पहिलो, सुनिता गिरी दोस्रो र रजिना जोशीले तेस्रो स्थान हात पारिन् । दुवैको विजेताले ५ हजार १ सय, दोस्रोले ३ हजार १ सय र तेस्रोले २ हजार १ सय पाए ।

लिग लिग कोट बिकास अभियानको मुख्य आयोजनामा हुने दौडलाई पालुङटार नगरपालिका र नेपाली सेनाको रणसिंह दल गणले साथ रहेको प्रतियोगिताको अनुमानित बजेट करिव २९ लाख रहने आयोजकले अनुमान गरेको छ ।

लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङटार नगरपालिका मेयर दीपकबाबु कँडेलले अनिषलाई नगरपालिकाको सद्भावना दूत घोषणा गर्दै राजकीय सम्मानसहित नगर परिक्रमा समेत गराइएको छ ।

तस्बीर सौजन्य – राजेश पौडेल/गोरखा

दौडको विजेतालाई राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डे, लिग लिग कोट बिकास अभियान अध्यक्ष पुर्ण राना र रणसिँह दल गणका प्रमुख सेनानी उज्ज्वल केशीलगायतले पुरस्कृत गरे । लिगलिगे दौड वि.स. १६०४ को विजया दशामीको दिनदेखि शुरु भएको मानिएको छ । त्यतिबेला दलसुर घलेमगरले दौड जितेका थिए ।

त्ययता दलसुरले लगातार दौड जित्दै १६०४ देखि १६१५ सम्म राजा बनेका थिए । बिसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो ९ वर्षयता हुँदै आएको छ । लिग लिग कोट बिकास अभियान विगत ९ वर्षदेखि हरेक वर्ष विजया दशामीको अवसरमा यौ दौडको आयोजना गर्दै आएको छ ।

लिगलिगे दौडका अहिलेसम्मको विजेताहरु

भुमिराज राई (नेपाल पुलिस, २०६७)

हरि कुमार रिमाल (त्रिभुवन आर्मी, २०६८)

समिर तामाङ (त्रिभुवन आर्मी, २०६९)

कृष्ण बहादुर बस्नेत (त्रिभुवन आर्मी, २०७०)

अनिष थापामगर (भारतीय सेना, २०७१)

हरि कुमार रिमाल (त्रिभुवन आर्मी, २०७२)

अनिष थापामगर (भारतीय सेना, २०७३)

खगेन्द्र बहादुर भाट (त्रिभुवन आर्मी, २०७४)

अनिष थापामगर (भारतीय सेना, २०७५)

अनिष थापामगर (भारतीय सेना) २०७६

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.