6 years ago
October 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथ्लेटिक्स अन्तरगत ट्रयाक एन्ड फिल्डका कीर्तिमानी खेलाडी सोम बहादुर कुमाल एथ्लेटिक्सतर्फको ८०० मिटर दौडको फाइनल राउन्डमा प्रवेश गरेका छन् ।
अन्तर्राष्ट्रिय सैन्य खेल परिषद (सिआइएसएम) को आयोजनामा चीनको वुहानमा जारी विश्व सैन्य खेलकुद अन्तरगतको एथ्लेटिक्सतर्फको ८०० मिटर दौडमा नेपाल तथा नेपाली सेनाका कीर्तिमानी खेलाडी आफ्नो हिटमा दोस्रो स्थानमा रहँदै फाइनल राउन्डमा प्रवेश गर्न सफल भएका हुन् । सोमले निर्धारित ८०० मिटर दुरी १ मिनेट ५० दशमालव ५० सेकेन्डमा पुरा गरे ।
उनको हिटबाट पोल्यान्डका मिचल रोजमिसले १ मिनेट ५० दशमलव ०९ सेकेन्डमा पुरा गरे । इजिप्टका हामदा अहमेद १ मिनेट ५० दशमालव ५३ सेकेन्डका साथ फाइनल राउन्डमा स्थान बनाउन सफल भए ।
फाइनल राउन्ड आज साँझ हुनेछ । यसअघि मंगलबार तुल्सा खत्रीले ४०० मिटर दौड ५९.५७ सेकेन्डमा पुरा गर्दै १० वर्षअघिको कीर्तिमान भंग गरेकी थिइन् । उनले २०१० मा प्रमिला रिजालले ५९.९० सेकेन्डको कीर्तिमान रोखको थियो ।
सोम यो विधामा नेपालको कीर्तिमानी खेलाडी हुन् । उनले गुरु धनीराम चौधरीको १ मिनेट ५०.६० सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई गतवर्ष भदौमा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा १ मिनेट ५०.२५ सेकेन्डमा आफ्नो नाममा लेखाएका थिए ।
सातौ विश्व सैन्य खेलकुदमा नेपाली सेनाले विभिन्न १४ खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]