default_image

9 years ago

November 4, 2016

अल्ट्रा धाविका मिरा एड्भेन्चर अफ दि इयरको मनोनयनमा

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा पहिचान बनाइसकेकी नेपाली धाविका मिरा राई टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकको एड्भेन्चर अफ द इयर अवार्डको मनोयनमा पर्न सफल भएकी छिन् । नेसनल ज्योग्राफिकले शुक्रबार सार्वजनिक गरेको उक्त अवार्डको मनोनयनमा पर्ने १० मध्ये मिरा एक हुन् ।

mr
मनोनयनमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनोट गर्छ । मनोनयन परेका लागि नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत भोटिङको व्यवस्था छ । ज्योग्राफिकले सर्वाधिक भोट ल्याउनेलाई एड्भेन्चर अफ द इयर घोषित गरिनेछ । नोभेम्बर ३ देखि सुरु भएको भोटिङ डिसेम्बर १६ सम्म चल्नेछ । विजेताको घोषणा जनवरीमा हुनेछ ।
मीरासँगै केभ ड्राइभर क्रिजिस्तोफ स्टारवान्स्की, कायकर स्मिथ ली, माउन्टेनर कोलिन हाले, ओसियन एडभोकेट शानन स्वीट्जर स्वानसन, प्याराग्लाइडर एन्टोनी जिरार्ड, पार्क प्रोटेस्टर पिटर म्याकब्राइड र केभिन फेडार्को, वाइल्डरनेस डिफेण्डर क्रिष्टिन म्याकडिभिट तोम्प्कीन र सेलेस्टियल सर्कुमनेभिगेटर होकुले र उनको टोलीमा परेका छन् ।
गत बर्ष फ्रान्समा म्याराथन डु मोन्ट ब्लान्स नामक ८० किलोमिटर दौडमा उपाधि जितेपछि उनी चर्चामा आएकी थिइन् । उनले त्यो दौड १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । भोजपुरमा जन्मिएकी २७ बर्षे मिरा तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन् । सेना समायोजनमा आयोग्य ठहरिएकी उनीले अल्ट्रा दौड सुरु गरेको केही महिनामै सफलता प्राप्त गरेकी थिइन् । अहिले घुडाँको शल्यक्रियापछि उनी आराम गरिरहेकी छिन् ।

mira-rai

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.