7 years ago
May 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब र टाइम्स इन्टरनेसनल कलेज होम एण्ड अवे लिगको आधारमा राजधानीमा जारी क्वीक्स नेपाल बास्केटल लिगमा विजयी भएका छन् ।

सोमबार भएको खेलमा विभागीय नेपाल पुलिस क्लबले घरेल टोली गोल्डेनगेटलाई ७९–७० को अन्तरमा पराजित गर्दै विजयी भएको हो । पुलिसलाई जिताउन विकास गुरुङले २३ अंक जोडे । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
अर्काे खेलमा मनिस केसीको १९ अंकको सहयोगमा टाइम्सले अवे मैदानमा एएनके कीर्तिपुर बास्केटबल टिमलाई ६६–५८ को अन्तरले हरायो । मनिष खेलको म्यान अफ दि म्याच घोषित भए ।
लिगअन्तर्गत मंगलबार विभागीय त्रिभुवन आर्मी क्लब र दि रोयल बास्केटबल क्लब तथा अर्काे खेलमा बीएमसी साउथ साइडर्स बास्केटबल क्लब र बुढानिलकण्ठबीच खेल हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]