7 years ago
May 22, 2019
काठमाडौं(हाम्रो खेलकुद)- टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा आफ्नो अपराजित यात्रालाई जारी राखेका छन् । लिगको १०औं चराणको खेलमा एएनके कीर्तिपुर बास्केटबल टिमलाई ९५–७२ ले पराजित गरेपछि टाइम्सले अपरासजत यात्रालाई निरन्तरता दिएका हुन् ।

लगातार १०औं जितसँगै टाइम्स लिगको शीर्षस्थानमा उक्लिएको छ । टाइम्सको १० खेलबाट २० अंक पुगेको छ । समान खेलबाटै त्रिभुवन आर्मी क्लब १९ अंक जोडेर दोस्रो स्थानमा रहँदा १५ अंकसहित गोल्डेनगेट तेस्रो स्थानमा रहेको छ ।
१४ अंक जोडेर बुढानिलकण्ठ चौथो तथा १२ अंकसहित नेपाल पुलिस क्लब पाँचौ स्थानमा रहेको छ । पुलिसले ८ खेलमात्रै खेलेको छ । टाइम्ससँग पराजित कीर्तिपुर ११ अंक जोडेर छैटौमा छ । टाइम्सले घरेलु मैदानमा भएको खेलको पहिलो क्वाटरमा २६–१८ को अग्रता बनाएको थियो ।
दोस्रो क्वाटर २१–२१ को बराबरी भएको थियो । तेस्रो क्वाटरमा १७–७ को आरामदायी अग्रता बनाएपछि टाइम्स जितनजक पुगेको थियो । प्रतिस्पर्धात्मक बनेको चौथो क्वाटरमा टाइम्स ३१–२६ को अग्रता लिदै जित निकाल्न सफल भयो ।
टाइम्सका प्रनित उदुमालागाला खेलको म्यान अफ दि म्याच घोषित भए । उनले २४ स्कोर गर्नुका साथै २ ब्लक, ६ एसिस्ट र ८ रिवाउन्ड गरेका थिए । उनले ३ हजार रुपैय पाए । प्रतियोगितामा बिहीबार नेपाल पुलिस क्लब र गोल्डेनगेट तथा बुढानिलकण्ठ र बिएमसी साउथ साइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]