7 years ago
May 23, 2019
काठमाडौं(हाम्रो खेलकुद)- विभागीय नेपाल पुलिस क्लब र बुढानिलकण्ठ नगरपालिका बास्केटबल टिमले राजधानीमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा सहज जित निकालेको छ ।

बिहीबार भएको खेलमा पुलिसले साविकको विजेता गोल्डेनगेट कलेजलाई ९६–८२ को अन्तरले पराजित गरेको हो । पहिलो राउन्डमा पनि पुलिसले ७९–७० ले पराजित गरेको थियो ।
गोल्डेनगेटले कुनै पन क्वाटरमा अग्रता लिन सकेन । पुलिसले पहिलो क्वाटरमा २१–१३ को आरामदायी अग्रता बनाएको थियो । त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो क्वाटरमा पुलिसले ३०–२८ को अग्रता लियो ।

तेस्रो क्वाटरमा पनि पुलिस २३–२१ ले अघि रहँदा चौथो क्वाटरमा पुलिसले २२–२० को अग्रता लिदै जित हात पा¥यो । पुलिसको जितमा २७ स्कोर गरेका बिमल कार्की खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैया हात पारे ।
जितसँगै पुलिस ९ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित गोल्डेनगेट ११ खेलबाट १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बिहीबारको अर्काे खेलमा बुढानिलकण्ठले बिएमसी साउथ साइडर्सलाई ८५–५९ ले हरायो ।
बुढानिलकण्ठले पहिलो क्वाटमा ३१–२० को अग्रता लियो । दोस्रोमा २५–१४ को अग्रता लिएपनि तेस्रो क्वाटरमा १२–१५ ले पछि परेपनि चौथो क्वाटरमा १७–१० को अग्रता लिदै जित निकाल्न सफल भयो । बुढानिलकण्ठको जितमा विराज रानाले १४ अंकको योगदान दिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित हुदै ३ हजार रुपैया जिते ।
बुढानिलकण्ठ ११ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहँदा साउथ साइडर्स ११ अंक जोडेर छैटौ स्थानमा रहेको छ । प्रतियोगितामा शुक्रबार एएनके कीर्तिपुर बास्केटबल टिम र नेपल पुलिस क्लबबीत खेल हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]