default_image

7 years ago

June 3, 2019

समृद्धि गोरिल्लाजको लगातार तेस्रो जित

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- समृद्धि गोरिल्लाजले राजधानीमा जारी वुमेन्स नेपाल बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ । टाइम्स इन्टरनेनल कलेज चारखालमा सोमबार भएको खेलमा समृद्धि गोरिल्लाजले साइपाल एकेडेमीलाई ४०–२२ ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो ।

समृद्धले यसअघि नेपाल पुलिस क्लब र आइएसओ काइटलाई पराजित गरेको थियो । पहिलो क्वाटरमा समृद्धिले ९–७ को झिनो अग्रता लिदा दोस्रो क्वाटरमा ४–९ ले पछि परेको थियो । त्यसपछि समृद्धिले तेस्रो क्वाटरमा १०–२ को तथा चौथो क्वाटरमा १७–४ को अग्रता लिदै सहज जित निकाल्यो । समृद्धिको जितमा एलिना गुरुङले १२ अंकको योगदान गरिन् ।

सोमबार भएको अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लबले आइसओ काइटलाई ७६–६३ ले पराजित गर्दै लिगमा दोस्रो जित निकाल्न सफ ल भयो । पुलिस पहिलो खेलमा समृद्धिसँग नै पराजित भएयता पराजित भएको छैन ।

पुलिसले शुरुवाती तीन क्वाटरमा २०–११, २०–१४ र १९–१६ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । चौथो क्वाटरमा पुलिस १७–२२ ले पछि परेपनि अघिल्ला क्वाटरमा लिएको अग्रता जितमा पर्याप्त बन्यो । पुलिसको जितमा अन्सु महर्जनले २१ अंकको योगदान दिइन् ।

लिगमा मंगलबार बिहान समृद्धि गोरिललाज र पुलिस तथा साँझ साइपाल एकेडेमी र आइएसओ काइटबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ आर्मी र एएनके कीर्तिपुरबास्केटबल टिमबीच खेल हुनेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.