6 years ago
June 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब क्विक्स नेपाल बास्केटबल लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार दशरथ रंगशालास्थित कभर्ड हलमा टाइम्स इन्टरनेशनल कलेजलाई पहिलो क्वालिफायर अन्तर्गत तेस्रो खेलमा ६९-६१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो सिजन फाइनल प्रवेश गरेको हो । अघिल्लो सिजन आर्मी फाइनलमा गोल्डेन गेटसँग पराजित भएको थियो ।
पहिलो क्वालिफायरमा पराजित टाइम्सले अब दोस्रो क्वालिफायरमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । यसअघि पुलिसले साविक विजेता गोल्डेन गेटलाई एलिमिनेटरमा पराजित गर्दै अगाडी बढेको थियो ।
मंगलबारको निर्णायक खेलमा चौथौ क्वाटरको सुरुवातसम्म स्कोर ५१–५१ को बराबरीमा रहेपनि आर्मीले त्यसपछि लगातार अंक जोड्दै जित पक्का गर्यो । पहिलो क्वाटरमा आर्मीले १८–१२ को अग्रता लिएको थियो । दोस्रो क्वाटर टाइम्सले १८–१३ को अग्रता लिएपछि खेल ३१–३० को रोमाञ्चक मोडमा पुगेको थियो ।
तेस्रो क्वाटर १५–१५ को बराबरीमा सकिँदा खेलमा आर्मीले एक अंककै अग्रता कायम गरिरहन सफल भएको थियो । तर, चौथो क्वाटरमा आर्मीले २३–१६ को अग्रता लिदै जित पक्का गर्यो । आर्मीको जितमा आयुष सिंहले उत्कृष्ट प्रदर्शन गर्दै २६ अंक, ५ रिवाउन्ड, २ स्टिल र एक असिस्ट गरे ।
प्रतियोगिताअन्तर्गत पुरुष र महिलाको फाइनल ७ असारमा हुनेछ । महिलातर्फ भाटभेटेनी समृद्धि गोरिल्लाज र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा पहिलो र दोस्रो हुने दुवैतर्फ टोलीले क्रमशः दुई र एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]