6 years ago
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेशनल कलेजले क्विक्स नेपाल बास्केटबल लिग अन्तर्गत दोस्रो क्वालिफायरको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै १-० को अग्रता लिएको छ ।

बेस्ट अफ थ्रीमा हुने सिरिजको पहिलो खेलमा टाइम्सले ८१-६९ को जित दर्ता गर्यो । पहिलो क्वाटरदेखि नै अग्रता लिएको टाइम्सले खेलको मध्यभागमा केहि लय गुमाएपनि अन्त्यमा सम्हालिंदै जित हासिल गर्यो । टाइम्सका लागि फेरीपनि विदेशी खेलाडी प्रनिथ उदुमलागालाले उत्कृष्ट प्रदर्शन गरे ।
पहिलो क्वाटरमा २४-१२ ले अगाडी रहेको टाइम्स दोस्रो क्वाटरको समाप्तिमा भने २ अंकले मात्र अगाडी रहयो । तेस्रो क्वाटरमा टाइम्सले अग्रतालाई ८ अंकमा पुर्यायो । अन्तिम क्वाटरमा २४-२० ले अगाडी रहेपछि टाइम्स पहिलो खेल जित्न सफल रहयो ।
सिरिजको दोस्रो खेलमा जित दर्ता गरे टाइम्सले फाइनलमा स्थान पक्का गर्नेछ । यसअघि नै आर्मीले उपाधि भिडन्तमा स्थान पक्का गरिसकेको छ । शनिबार हुने फाइनल खेलको विजेताले २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन् । महिलातर्फ पनि फाइनल खेल शनिबारनै हुनेछ । उपाधिका लागि समृद्धि गोरिल्लाज र नेपाल पुलिस क्लब खेल्नेछन् ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]