10 years ago
September 6, 2015
नेरिक र भ्यालीपब्लिक स्कुलले पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा आईतवार उपाधि जितेका छन् ।
शंखमुलको नेरिक स्कुलले दोहोरो उपाधि हात पारेको छ । जुनियर ब्वाईजको खेलमा नेरिकले ग्रिनफिल्डमाथी २५–२४ को रोमान्चक जित निकाल्यो । नेरिकबाट उत्कृष्ट खेल प्रर्दशन गदै क्रिजन पन्तले १६ स्कोर गरे । सिनियर ब्वाईजको फाईनल खेलमा अंकित भण्डारीको महत्वपुर्ण १७ स्कोरको मद्दतमा नेरिकले बाबालाई ६१–५८ ले हरायो । नेरिकका अंकित भण्डारी सिनियर तर्फ तथा नेरिककै असिम भण्डारी जुनियरतर्फको उत्कृष्ट खेलाडी चुनिए ।
सिनियर गल्र्सको फाईनलमा भ्यालीपब्लिकले न्युभिजनलाई ३६–१४ को फराकिलो अन्तरले हरायो । भ्यालीको जितमा उत्कृष्ट प्रर्दशन गरेकी रोशनी श्रेष्ठले सर्वाधिक १७ स्कोर गरिन् । गल्र्समा भ्यालीकी सुष्मा गौतम उत्कृष्ट खेलाडी भईन् । बाफल स्थित आयोजक स्कुलको कोर्टमा भएको स्टाफतर्फको थ्री वाई थ्री बास्केटबलको उपाधि महामन्जुश्रीले जित्यो । उसले बाबालाई २१–१५ ले हराउदा १२ स्कोर गरका अजय नेपाली उत्कृष्ट खेलाडी चुनिए । बिजेता टिमलाई सभासद राजिब बिक्रम शाहले पुरस्कृत गरे ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]