default_image

2 years ago

March 10, 2022

बलिङमा नेपालको उत्कृष्ट सुरुवात

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिस क्लबविरुद्ध बलिङमा उत्कृष्ट सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पुलिस ५ ओभरमा ३ विकेट गुमाउँदै ११ रन बनाएको छ ।

नेपालका तीव्र गतिका बलर करण केसीले २ र कमलसिंह ऐरीले १ विकेट लिँदै उत्कृष्ट सुरुवात दिलाएका हुन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो । नेपालका युवा ब्याटर रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल र करण केसीले अर्धशतकीय इनिङ खेले । तेस्रो नम्बरका युवा ब्याटर रोहित कुमार पौडेलले सर्वाधिक ७२ रनको योगदान दिए ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल ५७ र आसिफ ५२ रनमा आउट भए । त्यसपछि नेपालको इनिङ रोहितले सम्हाल्लेका थिए । आरिफ शेख ३५, विनोद भण्डारी ३, भीम सार्की २ र पवन सरार्फ ३ रनमा आउट भए ।

तल्लोक्रममा करण केसीले आक्रामक ५३ रनको अविजित इनिङ खेले । कमलसिंह ऐरी ४५ रनमा अविजित रहे । आठौं विकेटका लागि करण र कमलले उत्कृष्ट अविजित ब्याटिङ गरेका थिए ।

May 21, 2024

हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

एजेन्सी – सनराईजर्स हैदराबाद माथि सानदार जित दर्ता गर्दै कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ ।पहिलो क्वालिफायरमा मंगलबार हैदराबाद विरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र […]

May 21, 2024

सेपाकताक्रो विश्व कप – नेपाल रेगु र डबल दुवैमा तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपको रेगु र डबल इभेन्टको दुवैमा तेस्रो भएको छ । विश्व कपमा मंगलबार भएको सेमिफाइनलमा नेपाल रेगु इभेन्टमा चाइनिज ताइपेइसँग २–१ सेटमा हराएको थियो । चाइनिज ताइपेसँग नेपाली टोली ११–१५,१५–१०,१२–१५ ले पराजित गर्यो । रेगुको अर्को सेमिफाइनलमा इरानसँग २–० ले पराजित भएको बंगलादेश पनि नेपालसँग […]

May 21, 2024

फाइनल प्रवेशका लागि कोलकत्ता र हैदराबाद भिड्दै

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल प्रवेश गर्ने पहिलो टोली बन्ने लक्ष्य सहित क्वालिफायर १ मा आज कोलकत्ता नाईट राइडर्स र सनराईजर्स हैदराबाद आज भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ । यी दुई टोली लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफका लागि छनोट भएका थिए […]

Success

Thank you for your time.