2 months ago
September 30, 2025
दुबई (हाम्रो खेलकुद) – नेपाल युनिटी कपको तेस्रो तथा अन्तिम खेलमा वेष्टइण्डिजसँग १० विकेटले पराजित भएकोछ । सुरुवाती दुई खेल जित्दै सिरिज जितेको नेपालले अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुबैमा राम्रो गर्न नसक्दा पराजित भएको हो । तीन खेलको सिरिज नेपालले २-१ ले जितेको हो ।
जित्नलाई १ सय २३ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । वेष्टइण्डिजका आमिर जांगो ४५ बलमा ५ चौका र ६छक्कासहित ७४ तथा अकिम अगष्ट २९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा नटआउट रहे ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १ सय २२ रनमा अल आउट भएको थियो ।
नेपालका ओपनर कुशल भुर्तेलले २९ बलमा २ चौका र ३ छ्क्कासहित सर्वाधिक ३९ रन बनाएका थिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
कप्तान रोहित पौडेल १७, कुशल मल्ल १२, गुल्शन झा १०, आरिफ शेख ६, आदिल आलम ३, सोमपाल कामी ४, करण केसी डक र सन्दीप जोरा १४ रनमा आउट भए ।
वेष्टइण्डिजका रमन सिमाण्ड्सले ३ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । जेडिवाह ब्लाड्सले ३.५ ओभरमा २० रन खर्चेर २ विकेट लिए । नेपालले पहिलो खेल १९ रन र दोस्रो खेल ९० रनले जितेको थियो । नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध सिरिज खेलेको हो । पहिलो पटक टेस्ट टोलीलाई हराएको हो । आगमी साता देखि ओमानमा हुने आईसीसी टी२० विश्वकप छनोट अघि नेपालले तयारी स्वरुप यस सिरिज खेलेको हो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]