default_image

8 years ago

May 5, 2018

साविक विजेता एपिएफ केएनपी महिला भलिबलको सेमिफाइनलमा

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पश्चिमाञ्चल भलिबल टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।यसअघि हिजो भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई एपिएफले पराजित गरेको थियो। 

apf vs paschim

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एपिएफले मञ्जु गुरुङको कप्तानीमा रहेको पश्चिमाञ्चललाई २५-१५, २५-८ र २५-१२ को सोझो सेटमा पराजित गर्यो। अघिल्लो संस्करणको विजेता नेपाल एपिएफ क्लब समूहका  दुवै प्रतिस्पर्धी भन्दा निकै बलियो देखियो।

आजको दोस्रो खेलमा १:३० बजे नेपाल पुलिस क्लबले नेपाल आर्मी क्लबको सामना गर्नेछ। नेपाल पुलिस क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। नेपाल आर्मी क्लबको भने यो पहिलो खेल हो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.