default_image

3 years ago

September 10, 2021

ज्ञानेन्द्र र रोहितको नयाँ कीर्तिमान

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कप्तान ज्ञानेन्द्र मल्लले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा नयाँ कीर्तिमानी साझेदारी गरेका छन् । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको छ । […]

149 views

0 Bookmark

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कप्तान ज्ञानेन्द्र मल्लले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा नयाँ कीर्तिमानी साझेदारी गरेका छन् । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको छ ।

कप्तान ज्ञानेन्द्र मल्ल ७० बलमा ३ चौका र २ छक्का सहित ४५ रनमा एलबीडब्लू आउट भए । मध्य गतिका बलर चन्द सोपरले २५ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट गरेपछि ज्ञानेन्द्र ओडिआई करिअरको तेस्रो अर्धशतक बनाउन पाँच रनले चुकेका थिए । रोहित कुमार पौडेल ६२ बलमा १ चौका र २ छक्का सहित ३७ रनमा खेलि रहेका छन् । विनोद भण्डारी क्रिजमा छन् ।

खराब सुरुवात गरेको नेपाललाई सम्हाल्ने क्रममा तेस्रो विकेटका लागि रोहित र ज्ञानेन्द्रले ८९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । नेपाली ओडिआई इतिहासमा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा नेपालबाट सर्वाधिक ठूलो साझेदारी छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले गत वर्ष अमेरिकाविरुद्ध ८४ रनको गरेका थिए ।

पिएनजीविरुद्ध तेस्रो ओभरको पहिलो बलमै ओपनर आसिफ शेख तीन रनमा क्याच आउट हुन पुगेका । तीव्र गतिका बलर काबुआ मोरियाको बलमा आसिफ सेसे बाउबाट क्याच आउट भएका थिए ।

तीव्र गतिका बलर नर्मन भानुआको चौथो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर किप्लिङ डोरीयाबाट तीन रनमा क्याच आउट भएपछि नेपालले खराब सुरुवात गरेको थियो । कुशल आउट हुँदा नेपाल ९–२ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि रोहित र ज्ञानेन्द्रले नेपाललाई सम्हाले थिए ।

नेपालले पहिलो पटक डे नाइट ओडिआई खेल खेलिरहेको छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई नेपालले २ विकेटले पराजित गरेको थियो । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको हो ।

पछिल्लो अपडेट : पिएनजीविरुद्ध रोहितको अर्धशतक

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.